Logo फाल्गुन १८, २०७७ मंगलबार


प्रधानमन्त्री ओलीकाे प्रतिगमनविरूद्ध काठमाडौंमा २ लाख कार्यकर्ता उतार्ने नेकपाको तयारी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले राजधानीमा भोली (शुक्रवार) विशाल जन प्रदर्शन गर्ने भएको छ । नेकपाले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभा विघटनविरुद्ध दुई लाख कार्यकर्तासहितको जन प्रदर्शन गर्ने भएको हो ।

नेकपाले निकालेको विज्ञप्ति अनुसार भोलिको प्रदर्शनका लागि जिल्लाबाट कार्यकर्ता काठमाडौं आउने क्रम जारी छ ।

जिल्लाबाट आएका कार्यकर्ताहरु उपत्यकाका विभिन्न नाका जम्मा हुने र काठमाडौंको शान्तिवाटिकामा पुग्ने कार्यक्रम रहेको आन्दोलन परिचालन कमिटीका सचिव डा विजयकुमार पौडेलले जानकारी दिनुभएको छ ।

पौडेलका अनुसार भोलीको जन प्रदर्शनपछि अदालत, कामचलाउ प्रधानमन्त्री तथा अलमलमा रहेका सबै आम जनसमुदाय भ्रममुक्त हुने छन् । प्रतिनिधि सभा विघटन गरेर सरकारले असंवैधानिक काम गरिरहेको र यो रोक्ने काम अदालत रहेको पौडेलले बताउनुभयो । अदालतले रोक्न सकेन भने अन्तिम निकायको रुपमा जनअदालतले नै छिनोफानो गर्ने पाैडेलकाे भनाइ छ ।

उपत्यकाको नाकाबाट एकिकृत हुँदै शान्तिवाटिका पुगेको जुलुस आमसभामा परिणत हुने र सभालाई नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको विज्ञप्तिमा जनाएको छ । अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले आफूहरूले प्रतिगमनविरूद्ध भद्र र शान्तिपूर्ण प्रदर्शन गर्ने बताए।

‘अनेरास्ववियूले भोलि सिंहदरबारलाई मानव सागरले घेर्ने योजना बनाएको छ। आन्दोलन र प्रदर्शन गर्न पाउने नैसर्गिक अधिकारविरूद्ध दमन हुन खोजे हामीले प्रतिरोध गर्छौं,’ अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले भन्नुभयो, ‘विद्यार्थीको ठूलो संख्या हामीसँग रहेकाले प्रदर्शन उत्साहजनक हुन्छ।’

नेकपाले काठमाडौंको माइतिघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, प्रदर्शनीमार्ग, शान्तिबाटिका, त्रिचन्द्र कलेज, वाल्मीकी कलेज र ललितपुरको कुपण्डोलबाट र्‍याली निकाल्ने बताएकाे छ।

प्रतिक्रिया दिनुहोस्
विशेष

नरेश न्यौपाने/टिप्पणी काठमाडौं । हुन त राजनीतिलाई विचित्रको खेल त्यसै कहाँ भनिएको हो र ? बेला बेला राजनीतिकर्मीहरुले गर्ने व्यक्तिगत…

हाल प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही अन्य पहाडी भूभागहरुमा आंशिक बदली रहेको महाशाखाको भनाइ छ।

खानपिनमा खर्च हुनेछ। पूरानो धन जम्मा हुनेछ। बाेलीले साथ दिनेछ।

मन्त्री गुरुङले प्रधानमन्त्री ओली नैतिकताको हिसाबले पनि राजीनामा गरेर भाग्न नपाउने तर्क गर्नुभयो ।

मन्त्रिपरिषदले गरेको सिफारिस अनुसार राष्ट्रपति भण्डारीले २३ गते आइतबार ४ बजेका लागि प्रतिनिधिसभाको बैठक आह्वान गर्नुभएको छ ।

आफू हरेक परिस्थितिको सामना गर्न पूर्ण रुपमा तयार रहेको तथा आफ्नो स्वभाव, आचरण पूर्ण लोकतान्त्रिक भएको उहाँकाे दाबी छ।