Logo फाल्गुन १८, २०७७ मंगलबार


प्रतिगमनविरुद्ध सुर्खेतमा जनसागर उर्लियो (फोटोफिचर)

सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष माधवकुमार नेपालले केपी ओलीलाई आफूलेनै प्रधानमन्त्रीमा सिफारिस गरेको तर अहिले पुर्पुरोमा हात राख्नु परेको बताउनुभएको छ । ओली गलत छन् भन्ने पहिलानै थाहा भएको र सुध्रिएलान् भन्ने आशाले प्रधानमन्त्रीमा सिफारिस गरेको भए पनि अहिले ओली नसुध्रिएको उहाँले बताउनुभएको हो ।

‘केपी ओलीलाई मैले नै प्रधानमन्त्रीमा सिफारिस गरेँ, सुध्रिएलान् भनेको अहिले पुर्पुरोमा हात लगाउनु पर्यो’, नेपालले भन्नुभयो, ‘बाङ्गो कुकुरको पुच्छर सोझो बनाउन टिनका टिन तोरीको तेल प्रयोग गरेपनि सोझिएन ।’

पार्टीको निर्णय अवज्ञा गरेर तानाशाही बनेका ओलीलाई नेपालले ओलीको पक्षमा सानो झुण्डमात्र भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘केपी ओलीलाई सोध्नुहोस्, तीन सय बढी कि एक सय बढी ?’

ओलीलाई पार्टीको साधारण सदस्यबाट समेत निश्कासन गर्ने तयारी भइरहेको बताउँदै नेपालले भन्नुभयो, ‘आज ओलीलाई हामी पार्टीको साधारण सदस्यबाट समेत हटाउने कसरतमा छौं । हाम्रा साथी सुरेन्द्र पाण्डेले बालुवाटार पुगेर चिठी बुझाएका थिए तर ओलीले स्पष्टिकरण दिने आँट पनि गरेनन् ।’

गणतन्त्रविरोधी केही तत्वहरु सलबलाई रहेका बेलामा ओली चुप बस्नुको अर्थ उनी पनि गणतन्त्रविरोधी भएकाे उहाँको भनाइ थियो ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

पहिलो खोप लगाएपछि गम्भीर प्रकारका असर देखा परेका व्यक्ति र गर्भवती महिलालाई पनि कोभिड विरुद्धको खोप नदिइने उहाँले जानकारी दिनुभयो…

संसद बैठकका एजेण्डाहरुको सम्बन्धमा सम्बद्ध सबै पक्षसँग तालिकाबद्ध रुपमा विचार, विमर्श र परामर्श गर्ने स्पष्ट पार्नुभयो ।

मन्त्री आलेले वैज्ञानिक वन कार्यक्रम खारेजका लागि वन मन्त्रालयका सबै कर्मचारीहरुको सहयोग र साथ पाएको भन्दै मन्त्रालयका कर्मचारीहरुको प्रशंसा पनि…

नरेश न्यौपाने/टिप्पणी काठमाडौं । हुन त राजनीतिलाई विचित्रको खेल त्यसै कहाँ भनिएको हो र ? बेला बेला राजनीतिकर्मीहरुले गर्ने व्यक्तिगत…

हाल प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही अन्य पहाडी भूभागहरुमा आंशिक बदली रहेको महाशाखाको भनाइ छ।

खानपिनमा खर्च हुनेछ। पूरानो धन जम्मा हुनेछ। बाेलीले साथ दिनेछ।