Logo फाल्गुन १८, २०७७ मंगलबार


‘ओलीले आफ्ना आसेपासेबाहेक अरुलाई सुखी बनाउन सकेनन्’

काठमाडाैं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसेपासे र नेकपाका कार्यकर्ता बाहेक अरुलाई सुखी पार्न नसकेको टिप्पणी गर्नुभएको छ ।

संसद विघटनको कदम विरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगरपालिका वडा नम्बर ११ ले बिहीवार माइतीघर मण्डलामा आयोजना गरेको विरोध कोण सभालाई सम्बोधन गर्दै नेता सिंहले प्रधानमन्त्री ओलीले निर्वाचनमा जाँदाखेरी स्थिरता दिने र आम जनताको जीवनलाई सुखी पार्ने प्रतिवद्धता गरेको भएपनि आफ्नो आसेपासे र नेकपाका मान्छेबाहेक आम जनतालाई केही पनि दिन नसकेको बताउनुभएको हो ।

नेता सिंहले प्रधानमन्त्री ओलीलाई संविधान तथा संघीय कानुन अनुसार राज्य सञ्चालन गर्ने मात्रै अधिकार भएको भन्दै ओलीले भन्ने गरेजस्तो संसद विघटनको विशेषाधिकार संविधानमा नभएको बताउनुभयो । संविधान अनुरुप विधिको शासनमा नचलेकाले प्रधानमन्त्री ओली निर्वाचन नगराउनेतिर गएको आभाष भएको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मन्त्री आलेले वैज्ञानिक वन कार्यक्रम खारेजका लागि वन मन्त्रालयका सबै कर्मचारीहरुको सहयोग र साथ पाएको भन्दै मन्त्रालयका कर्मचारीहरुको प्रशंसा पनि…

नरेश न्यौपाने/टिप्पणी काठमाडौं । हुन त राजनीतिलाई विचित्रको खेल त्यसै कहाँ भनिएको हो र ? बेला बेला राजनीतिकर्मीहरुले गर्ने व्यक्तिगत…

हाल प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही अन्य पहाडी भूभागहरुमा आंशिक बदली रहेको महाशाखाको भनाइ छ।

खानपिनमा खर्च हुनेछ। पूरानो धन जम्मा हुनेछ। बाेलीले साथ दिनेछ।

मन्त्री गुरुङले प्रधानमन्त्री ओली नैतिकताको हिसाबले पनि राजीनामा गरेर भाग्न नपाउने तर्क गर्नुभयो ।

मन्त्रिपरिषदले गरेको सिफारिस अनुसार राष्ट्रपति भण्डारीले २३ गते आइतबार ४ बजेका लागि प्रतिनिधिसभाको बैठक आह्वान गर्नुभएको छ ।