संसद विघटनविरुद्ध नेकपाको मसाल जुलुस्

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहले आज मसाल जुलुस निकालेको छ । संसद विघटनको विरोधमा नेकपा निकट युवाले बिहीबार साँझ बानेश्वर वरपर जुलुस निकालेको हो ।
नेकपा दाहाल–नेपाल समूहले शुक्रबार संसद विघटनको विरोधमा राजधानिमा गर्न लागेको बृहत प्रदर्शनको अघिल्लो दिन साँझ युवाले मसाल जुलुस निकालेका हुन । जुलुसमा युवाको हातबाट प्रहरीले मसाल खोसेर निभाउने प्रयास गरेको थियो ।
प्रतिनिधि सभा विघटनको विरोधमा भोलि शुकबार नेकपाले काठमाडौंमा बृहत प्रदर्शन गर्दैछ । पुस ५ गते सरकारले प्रतिनिधि सभा विघटनको घोषणा गरेसँगै सरकारको त्यस कदमको विरोध गर्दै नेकपाले निरन्तर विरोधका कार्यक्रम गरिरहेको छ । अहिले नेकपाले दोसो चरणको आन्दोलन गरिरहेको छ ।