माघ ९ गते शुक्रबारका विशेष कार्यक्रमहरु

काठमाडौं । माघ ९ गते शुक्रबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले काठमाडौंमा बृहत शक्ति प्रदर्शन गर्दैछ । प्रतिनिधि सभा विघटनका विरुद्धमा नेकपाका पुष्पकमल दाहाल–माधव नेपाल समूहले राजधानीका विभिन्न ठाउँबाट र्याली निकालेर रत्नपार्कमा जम्मा भइ मूल सभा गर्ने कार्यक्रम रहेको छ ।
बिहान १० ३० बजे माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, प्रदर्शनीमार्ग, शान्तिबाटिका, चित्रन्द्र क्याम्पस, वाल्मिकी क्याम्पस लगायतका ठाउँबाट र्याली शुरु गरी रत्नपार्कमा पुगेर मूलु जुलुसमा परिणत हुने बताइएको छ ।
त्यसैगरी शुक्रबार नै नेकपाको केपी ओली निकट पेशागत विशेष जिल्ला कमिटीद्वारा बृहत कार्यकर्ता भेलाको आयोजना गरिएको छ । शुक्रबार दिउँसो २:३० बजे बबरमहलस्थित कार्की ब्यांक्वेटमा प्रधानमन्त्री ओलीको प्रमुख आतित्थ्यतामा कार्यकर्ता भेलाको आयोजना गरिने भएको हो ।
प्रतिनिधि सभा विघटनका विरुद्धमा सर्वोच्च अदालतमा परेका रिटमाथि शुक्रबार पनि सुनुवाइ हुनेछ । आइतबारदेखि निरन्तर संवैधानि इजलासमा भइरहेको सुनुवाई शुक्रबार ११ बजेदेखि शुरु हुनेछ ।
कार्यक्रमबारे जानकारी थपिँदै जानेछ । यहाँहरुलाइ थप कुनै विशेष कार्यक्रमबारे जानकारी भए जनतासमाचारको फोन नम्बरमा फोन गरेर अथवा मेल गरेर टिपाउन सक्नुहुने छ ।