Logo बैशाख २८, २०७८ मंगलबार


प्रबल गुरुङले बनाएको पोशाक कमला ह्यारिसले प्रार्थना सभामा लगाईन

अमेरिकाकी नवनिर्वाचित उपराष्ट्रपति कमला ह्यारिसले चर्चित फेशन डिजाइनर प्रबल गुरुङले बनाएको पोशाक लगाएर भर्चुएल प्रार्थना सेवामा सहभागि बनिन् । बिहीबार बिहान नयाँ राष्ट्रपति निर्वाचन भएपछि आयोजित भर्चुएल प्रार्थना सेवामा ह्यारिसले गुरुङले बनाएको पोशाक लगाएर भाग लिएकी हुन्।

आफ्ना श्रीमानसँग प्रार्थना सभामा सहभागी ह्यारिसले गुरुङले बनाएको पोशाक लगाएको तस्वीरसहित एक ट्विट गरेका छन्। गुरुङले आफ्नो ट्विटमा लेखेका छन्, ‘हामीले डिजाइन गरेको पोशाक लगाएर उपराष्ट्रपति प्रार्थना सभामा सहभागी हुनु भयो। कृतज्ञता, हार्दिक कृतज्ञता ।’ गुरुङले आफ्नो ट्विटमा भनेका छन्।

को हुन प्रबल गुरुङ ?

अमेरिकाको न्यूयोर्कमा बस्दै आएका प्रबल गुरुङ नेपालमा हुर्किएर विश्वमै प्रसिद्धी कमाउने सीमित ‘फेशन डिजाइनर’ मध्येमा पर्छन्।

सिंगापुरमा जन्मिएर काठमाडौंमा हुर्केका प्रबल हलिउडदेखि बलिउडसम्मका सेलिब्रेटीले रुचाएका चर्चित डिजाइनर हुन्। पूर्वअमेरिकी प्रथम महिला मिसेल ओबामादेखि बेलायती राजकुमारी केटसम्मले उनले डिजाइन गरेको लुगा रुचाएको बताइन्छ ।

उनको फेशन कलामा बलिवुडका अन्तर्राष्ट्रिय रुपमा चर्चित कैयौँ महिलाहरु पनि सजिएका छन्। सामाजिक सञ्जाल ट्वीटर, इन्स्टाग्राम र फेसबुकमा उनका लाखौँ प्रशसंक छन्। आफ्नै नामको फेशन ब्राण्ड स्थापना गरेका उनका भारतको मुम्बईसहित अमेरिका र युरोपमा १ सय बढी फेशन स्टोर छन्।

गुरुङले आफ्नो जीवनीमा आधारित ‘कफी टेबल बुक’ किताब पनि लेखेका छन्। प्रबल गुरुङ शीर्षकमा सार्वजनिक हुने उनको किताबमा आप्रवासीको कथा र आफ्नो अमेरिकी सपना पूरा भएको कथा समेटिएको उनले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान रहेको छ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले एक महिनामा एक लाख २८ हजार सङ्क्रमित बढेको जानकारी दिँदै सबैको प्रयासबाट नै सङ्क्रमण…

आज (मंगलबार) अस्पतालले प्रेस विज्ञप्ति जारी गरी दिएको जानकारी अनुसार पूर्वराजा शाहको २ दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको…

प्रयोगशालाका लागि आवश्यक सामग्रीको अभावमा अस्पतालले परीक्षण रोकेको अस्पताल प्रशासन स्रोतले जानकारी दिएकाे छ ।

 बैठकले राष्ट्रिय प्राथमिकताप्राप्त विकास आयोजना बाहेकका सबै निर्माण कार्य पनि रोक्ने निर्णय गरेको छ । साथै अबको निषेधाज्ञा  थप कडा…

सहभागी प्रशिक्षार्थीहरुमा डेनमार्क, बेल्जियम, स्पेन, स्वीडेनलगायतका युरोपेली मुलुकमा रोजगारी तथा अध्ययनमा रहेका १८ युवा रहेको क्षेत्रीय सञ्चार स्रोत केन्द्र विराटनगरका…