Logo फाल्गुन १४, २०७७ शुक्रबार


सुनुवाइकै बीचमा महान्यायाधिवक्ता अचानक किन हराए ?

संसद विघटनको सूचना राजपत्रमा खोई ?

काठमाडौं । संसद विघटनको मुद्दाको सुनुवाइ शुरु हुने वित्तिकै महान्यायाधिवक्ता अग्नि खरेल अधिवक्ता उभिएर बहस गर्ने ठाउँ (पोडियम) को दायाँपट्टि बसेर बहस सुनिरहने गर्नुहुन्थ्यो ।  तर बिहीवारको चिया ब्रेकपछि पुन: शुरु भएको बहसमा भने खरेल त्यहाँ देखिनुभएन । चिया ब्रेकपछिको सुनुवाइमा उहाँ एकाएक हराउनुभयो ।

ब्रेकपछि फेरि शुरु भएको सुनुवाइमा न्यायाधीश अनिलकुमार सिन्हाले ‘खोइ महान्यायाधिवक्ताज्यू ?’ भनेर सोध्दा उहाँ त्यहाँ हुनुहुन्थेन । बरु महान्यायाधिवक्ता खरेलको सट्टामा नायब महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेयले उभिएर उपस्थिति जनाउनुभयो।

अचानक किन हराए खरेल ?

सरकारका कानुनी सल्लाहकार मानिने महान्यायाधिवक्ता खरेल सुनुवाइ छाडेर हिँड्नुअघि सर्वोच्च अदालतमा बहसका क्रममा अधिवक्ता टीकाराम भट्टराईले ‘प्रतिनिधिसभा विघटनको सूचना राजपत्रमा प्रकाशित भएको खोइ ?’ भन्दै प्रश्न गर्नुभएको थियो ।

भट्टराईले यसरी प्रश्न गर्नुका पछाडिको कारण थियो, ‘प्रतिनिधिसभा विघटन भएको महिना दिनभन्दा बढी समय बित्दासमेत सरकारले राजपत्रमा त्यसको सूचना ननिकाल्नु ।’

अधिवक्ता टीकाराम भट्टराईले इजलासमा एकाएक संसद विघटनको सूचना राजपत्रमा नआएको प्रश्न उठाएपछि चिया समयमा उठेर आफ्नो कार्यालय हिंड्नुभएका महान्यायाधिवक्ता खरेल फेरि संवैधानिक इजलासमा फकिर्नुभएन ।

महान्यायाधिवक्ता कार्यालय स्रोत भन्छ, ‘महान्यायाधिवक्ता चिया समयमा महान्यायाधिवक्ता कार्यालय आउनुभयो, त्यसलगत्तै उहाँले राजपत्रबारे सोधखोज गरेर कानुन समूहका सचिव धनराज ज्ञवालीलाई डाक्नुभयो । तुरुन्तै सचिवज्यू आउनुभयो र हतारमा फर्किनुभयो ।’

प्रश्न उठेपछि सरकारी निकायमा खैलाबैला

प्रतिनिधिसभा विघटन भएको सूचना बिहीबार रातिसम्म हेर्दा पनि राजपत्रमा राखिएको नपाइएपछि सरकारी निकायमा खैलाबैला उत्पन्न भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कानुन मन्त्रालय हुँदै मुद्रण विभागमा पठाएर राजपत्रमा सूचना प्रकाशन गर्नुपर्ने प्रचलन भएपनि यो पटक त्यस्तो नदेखिएको हो ।

यसअघि प्रतिनिधिसभा विघटनका सूचना राजपत्रमा प्रकाशित हुन्थे तर पुस ५ गतेको संसद विघटनको सूचना मात्रै राजपत्रमा प्रकाशित नभएको हो । तर त्यो विषय आफूहरूसँग नभई राष्ट्रपति कार्यालयको सरोकारको विषय रहेको सचिव ज्ञवालीको तर्क छ ।

अधिवक्ता भट्टराईले राजपत्रमा सूचना खोई ? भनेर इजलासमै प्रश्न उठाउँदा न्यायाधीश अनिलकुमार सिन्हाले राजपत्रको सूचना छैन र ? भन्दै जिज्ञासा राख्नुभएको थियो । तर प्रधानमन्त्री कार्यालयका कानुन सचिव ज्ञवालीको प्रतिक्रिया छ, ‘राजपत्रमा आइसकेको होला, मुद्रण विभागको वेभसाइट हेर्नु न ?’ सचिव ज्ञवालीले बिहीबार आफूले महान्यायाधिवक्तासँग भेटघाट नगरेको दाबी गरे पनि ज्ञवालीले महान्यायाधिवक्ता खरेलसँगको बैठकलगत्तै प्रधानमन्त्री कार्यालय पुगेर राजपत्रमा निकाल्ने सूचनाको मस्यौदा गर्न लगाउनुभएको स्रोतको दाबी छ ।

स्रोतका अनुसार प्रतिनिधिसभा विघटनको आधिकारिक सूचना राजपत्रमा नआएको विषय अदालतमा उठेपछि सरकारले गुपचुप रुपमा राजपत्रमा छाप्ने काम अघि बढाएको छ । तर समय घर्केपछि यसरी छापिएको राजपत्रको कानुनी वैधता भने अर्को विवादको विषय बन्ने पक्कापक्की नै छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागहरूमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

व्यक्तिगत काममा अलमल हुनेछ । साथीभाइसित रमाइलो यात्रा हुनेछ । पारिवारिक काम बन्नेछ ।

पूर्व उपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संविधान निर्माणमा समान रुपले सम्बोधन नभएको बताउनुभएको छ ।

पर्यटकीय सम्पदा वस्ती वुङमतीलाई साइकल रुट बनाउने, वुङमतीको काष्ठकला र हस्तकलालाई विश्वव्यापीरुपमा चिनाउन र सम्पदा बस्ती संरक्षणमा स्थानीय सरकारसँगै परियोजना…

अन्तराष्ट्रिय क्षेत्रमा नेपालीहरुको पहिचान निर्माण गर्ने उल्लेखनीय काम गरेको भन्दै वरिष्ठ छातीरोग विशेषज्ञ डा. गौरी शंकर लाल दासलाई प्रदान गरिएको…

उहाँहरुकै कार्यकुशलताका कारण प्रहरीले सो घटनाको अनुसन्धानमा सफलता पाएको डिआइजी सुवेदीले बताउनुभयो ।