Logo फाल्गुन १८, २०७७ मंगलबार


‘लोकतन्त्र र संघीयता समाप्त पार्ने ओलीकाे प्रतिगमन परास्त गर्छाैं’

विद्यानन्द राम
सप्तरी । जनता समाजवादी पार्टी (जसपा) नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमन परास्त गर्ने लडाईमा आफूहरु लागेको बताउनुभएको छ । राजविराजमा आज (शुक्रवार) आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले लोकतन्त्र र संघीयतामाथि नै प्रहार भएकाले यसको रक्षा गर्न अघि बढेको बताउनुभएको हो ।

लोकतन्त्र र संघीयतालाई समाप्त पार्न ओलीले प्रतिगमनको बाटो अपनाएको उहाँले आरोप लगाउनुभएको छ ।

प्रतिनिधिसभा पुनःस्थापना नै वर्तमान राजनीतिक समस्याको निकास रहेको बताउँदै जसपाका वरिष्ठ नेता महतोले अदालतबाट यो समस्याको निकास पाउने र संविधान एवं लोकतन्त्रको पक्षमा निर्णय आउनेमा आफूहरु आशावादी रहेको बताउनुभएको छ । सम्मानित अदालतबाट आउने फैसला आफूहरुलाई मान्य हुने बताउँदै उहाँले लोकतन्त्रमा चुनावबाट भाग्न नमिल्ने प्रतिक्रिया दिनुभएको छ ।

अर्को प्रसंगमा बोल्दै उहाँले नेपाल–भारतबीच सदियौंदेखि बेटीरोटीको सम्बन्ध रहँदै आएकोमा वर्तमान सरकारले सीमाको आवागमनमा रोक लगाएर तिक्तता ल्याउने कार्य गरिरहेको बताउनुभएको छ । सीमामा आवागमन सहज पार्न नेता महतोले आग्रह समेत गर्नुभएको छ ।

पत्रकार सम्मेलनमा पार्टीका नेता एवम् राष्ट्रिय सभा सदस्य मृगेन्द्र कुमार सिंह यादव, पूर्व मन्त्री रेणु यादव, प्रदेश सभा सदस्य नेत्रविक्रम साह, पार्टीका नेताहरु जयप्रकाश ठाकुर लगायतका नेताहरुको उपस्थिति थियो

प्रतिक्रिया दिनुहोस्
विशेष

संसद बैठकका एजेण्डाहरुको सम्बन्धमा सम्बद्ध सबै पक्षसँग तालिकाबद्ध रुपमा विचार, विमर्श र परामर्श गर्ने स्पष्ट पार्नुभयो ।

मन्त्री आलेले वैज्ञानिक वन कार्यक्रम खारेजका लागि वन मन्त्रालयका सबै कर्मचारीहरुको सहयोग र साथ पाएको भन्दै मन्त्रालयका कर्मचारीहरुको प्रशंसा पनि…

नरेश न्यौपाने/टिप्पणी काठमाडौं । हुन त राजनीतिलाई विचित्रको खेल त्यसै कहाँ भनिएको हो र ? बेला बेला राजनीतिकर्मीहरुले गर्ने व्यक्तिगत…

हाल प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही अन्य पहाडी भूभागहरुमा आंशिक बदली रहेको महाशाखाको भनाइ छ।

खानपिनमा खर्च हुनेछ। पूरानो धन जम्मा हुनेछ। बाेलीले साथ दिनेछ।

मन्त्री गुरुङले प्रधानमन्त्री ओली नैतिकताको हिसाबले पनि राजीनामा गरेर भाग्न नपाउने तर्क गर्नुभयो ।