Logo फाल्गुन १८, २०७७ मंगलबार


प्रधानमन्त्री कप क्रिकेटमा बागमती प्रदेशकाे लगातर तेस्राे जित

काठमाडौं । पृथु बास्कोटाको अर्धसतकको मद्दतमा बागमती प्रदेशले प्रदेश–२ माथि ६ विकेट जित निकाल्दै जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित निकालेको छ । मूलपानीको मैदानमा प्रदेश–२ ले ४८.२ ओभरमा सबै विकेट गुमाएर दिएको १ सय ८० रनको लक्ष्य बागमती प्रदेशले ४८.२ ओभरमा ४ विकेट गुमाएर भेटाउन सफल भयो ।

बागमतीका पृथु बास्कोटा ५३ रनमा नट आउट रहे । विभात्सु थापा अर्धसतक बनाउन तीन रनले चुक्दा ओपनर आकाश थापाले ३२ रनको योगदान गरे । इसान पाण्डे हरिशंकर शाहको बलमा बोल्ड हुँदा उनको नाममा दुई किवेट रह्यो । यस्तै, विशाल सुस्लिङ र कुमार थापाले एक/एक विकेट लिए ।

यसअघि टस् जितेर पहिला ब्याटिङ गरेको प्रदेश–२ ले १ सय ७९ रन जोडेको थियो । ७ विकेट गुमाउँदा ६९ रन जोडेको प्रदेश–२ का लागि विवेक यादवले सर्वाधिक ६६ रनको पारी खेल्दै धरमराएको इनिङलाई सम्हालेका थिए । राहुला प्रताप सिंहले २२ रनको योगदान गर्दा कुमार थापाले २२ रन जोडे । कप्तान सुरज कुर्मीले १३ रन जोड्दा सुधिर चौधरीले १५ रनको पारि खेल्दै पवेलियन फर्किए । बागमति प्रदेशका लागि गौतम केसीले सर्वाधिक ४ विकेट निकल्दा रामनरेश गिरीले २ तथा नन्दन यादव, विपिन आर्चाय र तिलक भण्डारीले समान १/१ विकेट आफ्नो नाममा लेखाए ।

जितसँगै बागमतीले ३ खेलमा ६ अंक जोडेको छ । समूह ‘बी’ ले अन्तिम चारको ढोका बलियो बनाएको छ । शीर्ष स्थानको बागमतीले यस अघि पुलिस र सुदूरपश्चिमलाई हराएको थियो । प्रदेश–२ को यो लगातार दोस्रो हार हो । प्रदेश–२ ले तालिका अंक जोड्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
विशेष

नरेश न्यौपाने/टिप्पणी काठमाडौं । हुन त राजनीतिलाई विचित्रको खेल त्यसै कहाँ भनिएको हो र ? बेला बेला राजनीतिकर्मीहरुले गर्ने व्यक्तिगत…

हाल प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही अन्य पहाडी भूभागहरुमा आंशिक बदली रहेको महाशाखाको भनाइ छ।

खानपिनमा खर्च हुनेछ। पूरानो धन जम्मा हुनेछ। बाेलीले साथ दिनेछ।

मन्त्री गुरुङले प्रधानमन्त्री ओली नैतिकताको हिसाबले पनि राजीनामा गरेर भाग्न नपाउने तर्क गर्नुभयो ।

मन्त्रिपरिषदले गरेको सिफारिस अनुसार राष्ट्रपति भण्डारीले २३ गते आइतबार ४ बजेका लागि प्रतिनिधिसभाको बैठक आह्वान गर्नुभएको छ ।

आफू हरेक परिस्थितिको सामना गर्न पूर्ण रुपमा तयार रहेको तथा आफ्नो स्वभाव, आचरण पूर्ण लोकतान्त्रिक भएको उहाँकाे दाबी छ।