Logo फाल्गुन १४, २०७७ शुक्रबार


तपाईको यो साता (माघ ११ देखि १७ गतेसम्मको साप्ताहिक राशिफल)

मेष– मिठो बोलीले काममा राम्रो प्रभाव पर्नेछ । धनको सुख मिल्ने एवम् सम्पत्तिको कारोबार बढ्नेछ । सन्तानबाट सहयोग एवम् विदेशबाट धन प्राप्तिको योग देखिन्छ । नयाँ सरसामानमा खर्च हुने तथा छोटो यात्राको सुख मिल्नेछ । दिदीबहिनी तथा आफन्तबाट धनको सहयोग हुनाले घरायसी काम बन्नेछ । साताको अन्त्यमा भने परिवारमा विवाद आउने एवम् स्वास्थ्यमा समस्या देखिनेछ । आफन्तसँगको कारोबारमा विवाद एवम् समस्या हुन सक्नेछ ।

वृष– साथीभाइसँग घुमघाममा समय र पैसा बढी खर्च हुनेछ । मनोरञ्जनमा खर्च हुने तथा नयाँ ठाउँको भ्रमण हुनेछ । नयाँ नाता गाँसिने तथा वैवाहिक सुख मिल्नेछ । भोग विलास एवम् सावरी साधनमा खर्च बढ्नेछ । आफन्तको सहयोगले सानोतीनो व्यवहार टर्नेछ । नरम बोलीको प्रभावले ठूलाबडासँग सम्बन्ध बन्नेछ । साताको अन्त्यमा भने काममा जिम्मेवारी थपिने एवम् यात्रामा झन्झट आउँनेछ । सवारी साधनले धोका दिने एवम् खर्चमा वृद्धि हुनेछ ।

मिथुन– अनावश्यक ठाउँमा खर्च बढ्नेछ । साथीभाइसँग रमाइलो एवम् खानपिनमा पैसा बढी जानेछ । सरसामान हराउन सक्ने एवम् व्यवसायमा घाटा हुन सक्नेछ । साताको मध्यमा भने प्रेममा प्रगती, आफन्तसँग भेटघाट एवम् नयाँ मित्रता शुरु हुनेछ । परिवारजनसँग रमाइलोमा खर्च बढ्ने एवम् भोजभतेर रमाइलो हुनेछ । साताको अन्त्यमा भने व्यवसायमा आम्दानी बढ्ने एवम् लगानीका राम्रो प्रतिफल आउनेछ । धनसम्पत्तिको सहयोग मिल्नाले पुराना व्यवहारमा राहत मिल्नेछ ।

कर्कट– सोचेको एवम आँटेको कुरामा सफलता मिल्नेछ । विद्याध्ययन रुचि हुने तथा कला, साहित्य, संगीतमा पहिचान मिल्नेछ । आम्दानीको स्तर बढ्ने एवम धनसम्पत्तिको सहयोग मिल्नेछ । साताको मध्यमा भने बढी खर्च हुने एवम यात्रामा झन्झट आउनेछ । आफन्तसँग सामान्य मनमुटाव हुने तथा चिसोको समस्या हुनेछ । साताको अन्त्यमा भने पारिवारिक भेटघाट एवम विलासितामा धन खर्च हुनेछ । आफन्त भेटघाट तथा सन्ततीबाट खुशीयाली मिल्नेछ ।

सिंह–ठूलाबडाको सहयोगले सरकारी काम अगाडि बढ्नेछ । राजनीतिक पहिचान मिल्नेछ । सरकारी क्षेत्र तथा विशिष्ट व्यक्तिहरुबाट प्रशंसा मिल्नेछ । काममा जस मिल्नाले प्रतिष्ठा कायम हुनेछ । व्यापारमा राम्रो आम्दानी हुने तथा धनको कारोबार बढ्नेछ । पारिवारिक प्रेममा प्रगति हुने एवं वैदेशिक धनको सुख मिल्नेछ । शैक्षिक कार्यमा प्रगति र व्यस्तता बढ्नेछ । सन्तानको सहयोगले व्यवहारमा सहायता मिल्नेछ । भोज भतेर एवम् खानेकुरामा लगानी बढ्नेछ । साताको अन्त्यमा भने यात्रामा झन्झट हुने तथा सामान्य बाधा आउन सक्नेछ ।

कन्या– धर्म कर्ममा रुचि जाने एवम धार्मिक यात्रा हुनेछ । ठुलाबडासँग भेटघाट एवम सामाजिक काममा मन जानेछ । काममा प्रशंसा मिल्नाले पदोन्नतीको सम्भावना देखिन्छ । परोपकार तथा दान, धर्म, पुण्य कर्ममा समय व्यतित हुनेछ । विदेशबाट सहायता मिल्ने एवम यात्राको सुख मिल्नेछ । साताको अन्त्यमा भने धन प्राप्ती तथा व्यापार व्यवसाय एवम लगानीमा राम्रो प्रतिफल आउनेछ । कृषि पशु चौपायाबाट आम्दामी हुने एवं माइती मावली बाट व्यवसायमा सहयोग मिल्नेछ ।

तुला–नोकरी रोजगारीमा आरिस गर्नेले समस्या दिन सक्नेछन् । काममा झन्झट मिल्ने एवम् सुरु गरेको काम बीचमा रोकिनेछ । समझदारीमा बाधा आउने तथा योजना विफल हुनेछ । साताको मध्यमा भने पारिवारिक काममा व्यस्तता बढ्ने एवम धर्म, कर्मममा समय बित्नेछ । छोटो यात्राको सुख मिल्ने तथा पारिवारिक काममा अलमल हुनेछ । साताको अन्त्यमा भने सामाजिक पहिचान मिल्ने तथा राजनीतिक मुद्दामा आफ्नो पहिचान बन्नेछ ।

वृश्चिक– वैदेशिक काममा फाइदा आउन थाल्नेछ । ं प्रेममा मिठो व्यवहार मिल्नेछ । पारिवारिक भेटघाट एवम यात्राको अवसर बन्नेछ । साथीभाइसँग रमाइलो एवम धार्मिक यात्रा हुनेछ । प्रेममा प्रगति एवम वैवाहिक जीवनमा खुशी प्राप्त हुनेछ । साताको मध्यमा भने स्वास्थ्यमा बाधा एवम काममा उल्झन आउनेछ । मित्रतामा बाधा आउने एवम आफन्तले काम बिगार्न सक्नेछ । साताको अन्त्यमा भने धर्मकर्ममा खर्च हुने । यात्राको सुख मिल्ने एवम ठुलाबडासँग भेटघाट रहने तथा सामाजिक क्षेत्रमा पहिचान मिल्नेछ ।

धनु– विरोधी पक्षबाट भय एवं समस्या हट्नेछ । स्वास्थ्यमा सुधार हुने एवम मित्रता बलियो बन्नेछ । कुटुम्ब भेटघाट एवम पारिवारिक भोजभतेरमा सहभागिता मिल्नेछ । खेलकुद एवम् सांगितिक क्षेत्रमा प्रगति हुनेछ । साझेदारी लगानीमा फाइदा, व्यापार व्यवसायमा नाफा एवम् साथी भाइको भेटघाटमा खर्च बढ्नेछ । साताको अन्त्यमा भने यात्रामा बाधा एवम स्वास्थ्यमा समस्या तथा काममा रोकावट हुनेछ । गुप्त शत्रुले बाधा गर्नछन् र नजिकका व्यक्तिबाट धोका हुनेछ ।

मकर– अध्ययनमा सामान्य प्रगति हुनेछ । सन्तानसँग भेटघाट एवम आर्थिक अवस्था सुध्रिनेछ । आम्दानीको स्तर बढ्नाले कारोबारमा सफलता एवम् घरायसी विवाद कम हुने । मुद्दा मामिला टुंगिने एवम आपसी वैमनस्यतामा मैत्री भाव आउनेछ । घरबाट बाहिरको काम बन्ने एवम यात्रामा खर्च हुनेछ । साताको अन्त्यमा भने पारिवारिक मेलमिलाप, प्रेमी प्रेमिका बीच सुमधुर सम्बन्ध बढ्ने एवम मिष्ठान्न भोजनको सुख मिल्नेछ ।

कुम्भ– स्वास्थ्यमा समस्या देखिनेछ । मित्रतामा बाधा आउने एवम् माया प्रेममा मनमुटाव हुनेछ । आपसी सरसल्लाह नमिल्नाले व्यक्तिगत काममा बाधा आउनेछ । साताको मध्यमा भने व्यापारमा फाइदा एवम कृषि तथा तरल पदार्थबाट व्यावसायमा फाइदा हुनेछ । नयाँ मित्रता गाँसिने एवम् सवारी साधन तथा भोग विलासमा खर्च बढ्नेछ । नयाँ ठाउँको भ्रमण तथा पारिवारिक भेटघाटमा भने खुशीयाली बढ्नेछ ।

मीन– रोजगारीमा बढी जिम्मेवारी थपिनाले व्यक्तिगत काममा बाधा आउनेछ । छोटो यात्रा हुनेछ । व्यापार व्यावसायमा फाइदा एवम् काममा जिम्मेवारी थपिनेछ । साथीभाइ एवम दाजुभाइको सहयोगमा सामुहिक काम बन्नेछ । भोगविलास एवम खानपानमा खर्च बढी हुनेछ । महिला वर्गसँग दुष्मनी एवम् पारिवारिक वादविवाद हुनेछ । पेटको समस्या तथा चिसो स्वास्थ्य बाधा हुनेछ । साताको अन्त्यमा भने संगीत तथा कला क्षेत्रबाट प्रशंसा मिल्ने तथा व्यापारबाट राम्रो फाइदा हुनेछ ।

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागहरूमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

व्यक्तिगत काममा अलमल हुनेछ । साथीभाइसित रमाइलो यात्रा हुनेछ । पारिवारिक काम बन्नेछ ।

पूर्व उपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संविधान निर्माणमा समान रुपले सम्बोधन नभएको बताउनुभएको छ ।

पर्यटकीय सम्पदा वस्ती वुङमतीलाई साइकल रुट बनाउने, वुङमतीको काष्ठकला र हस्तकलालाई विश्वव्यापीरुपमा चिनाउन र सम्पदा बस्ती संरक्षणमा स्थानीय सरकारसँगै परियोजना…

अन्तराष्ट्रिय क्षेत्रमा नेपालीहरुको पहिचान निर्माण गर्ने उल्लेखनीय काम गरेको भन्दै वरिष्ठ छातीरोग विशेषज्ञ डा. गौरी शंकर लाल दासलाई प्रदान गरिएको…

उहाँहरुकै कार्यकुशलताका कारण प्रहरीले सो घटनाको अनुसन्धानमा सफलता पाएको डिआइजी सुवेदीले बताउनुभयो ।