Logo फाल्गुन १८, २०७७ मंगलबार


बीबीएल क्रिकेटमा सन्दीपको टिम हुरिकेन्स पराजित

मेलबर्न । अष्ट्रेलियामा जारी बिग बास लिग बीबीएल टी–ट्वान्टी क्रिकेटमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द होबार्ट हुरिकेन्स पराजित भएको छ ।

मेलबर्नमा आज भएको खेलमा होबार्ट पर्थ स्कर्चर्ससँग २२ रनले पराजित भएको हो । पर्थले दिएको १ सय ८० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको होबार्टले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५७ रन मात्र बनाउन सक्यो । होबार्टका लागि डीआर्ची शर्टले सर्वाधिक ४३ रन बनाए ।

यस्तै, पिटर ह्यान्डकम्पले ३० रन, टिम डाभिडले २७ रन जोडे । पर्थका जे रिचार्डसनले ४ तथा जासनले २ विकेट लिए । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको पर्थले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७९ रन बनाएको थियो ।

पर्थका लागि जोश इन्लिशले ५८ रनको अर्धशतकीय पारी खेले । लियाम लिभिङस्टोनले २६ रन,जासन रोयले २० रन बनाए । होबार्टका नाथन एलिसले ४ तथा सन्दीप लामिछानेले २ विकेट लिए । जितसंगै पर्थले १२ खेलमा २८ अंक जोडेको छ ।

पर्थ दोस्रो स्थानमा रहेको छ । सन्दीप आबद्द होबार्ट १२ खेलमा २३ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

नरेश न्यौपाने/टिप्पणी काठमाडौं । हुन त राजनीतिलाई विचित्रको खेल त्यसै कहाँ भनिएको हो र ? बेला बेला राजनीतिकर्मीहरुले गर्ने व्यक्तिगत…

हाल प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही अन्य पहाडी भूभागहरुमा आंशिक बदली रहेको महाशाखाको भनाइ छ।

खानपिनमा खर्च हुनेछ। पूरानो धन जम्मा हुनेछ। बाेलीले साथ दिनेछ।

मन्त्री गुरुङले प्रधानमन्त्री ओली नैतिकताको हिसाबले पनि राजीनामा गरेर भाग्न नपाउने तर्क गर्नुभयो ।

मन्त्रिपरिषदले गरेको सिफारिस अनुसार राष्ट्रपति भण्डारीले २३ गते आइतबार ४ बजेका लागि प्रतिनिधिसभाको बैठक आह्वान गर्नुभएको छ ।

आफू हरेक परिस्थितिको सामना गर्न पूर्ण रुपमा तयार रहेको तथा आफ्नो स्वभाव, आचरण पूर्ण लोकतान्त्रिक भएको उहाँकाे दाबी छ।