Logo फाल्गुन १८, २०७७ मंगलबार


७३ लाख ठगेर फरार अभियुक्त पक्राउ

भीम चाैधरी 
कैलाली । लामो समयदेखि ठगी धन्दामा संलग्न भएर फरार रहेका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । विभिन्न व्यक्तिबाट ७३ लाख ९३ हजार ९ सय ९ रुपैयाँ ठगेर फरार भएका गौरीगंगा नगरपालिका–८ का ३४ वर्षीय राजाराम चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई लम्कीचुहा नगरपालिका–९ धनचैयामा आफ्नो भिनाजुको घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । कार्यालयका अनुसार धनगढी उपमहानगरपालिका–१ की अनिता चौधरीले भारतको बेंगलोरबाट बिएससी नर्सिङ पास गरेको प्रमाणपत्रहरुलाई त्रिभुवन विश्वविद्यालयबाट मान्यता दिलाउने प्रलोभनमा पारेर राजारामले उनीबाट पाँच लाख रुपैयाँ ठगी गरेका थिए । ठगी शीर्षकमा चौधरीले मुद्दा दर्ता गराएपछि प्रहरीले राजारामको खोजी सुरु गरेको थियो ।

सोही कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले कैलारी गाउँपालिका–९ का ३३ वर्षीय शिवकुमार चौधरीलाई पनि पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टका अनुसार राजाराम विगतबाटै ठगी धन्दामा संलग्न व्यक्ति हुन् । उनले धनगढी उपमहानगरपालिका–८ मा गैर कानूनी रुपमा मल्टिपल इन्स्टिच्युट अफ टेक्नोलोजी प्रालि खोलेर विद्यार्थी भर्ना लिइ इन्स्टिच्युटमा अध्ययन गर्ने ११८ जना विद्यार्थीलाई ठगी गरेको प्रहरीले जनाएको छ । ती विद्यार्थीबाट राजारामले ४९ लाख २८ हजार ४९५ रुपैयाँ ठगी गरेको जाहेरीका आधारमा अदालतले राजारामलाई दुई महिना कैद र तीन लाख २८ हजार ४९५ जरिवाना सुनाएको थियो । उनी विरुद्ध पहिलो मुद्दा २०७३ मंसिरमा परेको थियो ।

सोही इन्स्टिच्युटले विद्यार्थीको भर्ना शुल्क र मासिक शुल्क गरी १९ लाख ६५ हजार ४१४ रुपैयाँ ठगी गरेको भन्दै राजारामविरुद्ध दोस्रो पटक प्रहरीमा मुद्दा दर्ता भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

नरेश न्यौपाने/टिप्पणी काठमाडौं । हुन त राजनीतिलाई विचित्रको खेल त्यसै कहाँ भनिएको हो र ? बेला बेला राजनीतिकर्मीहरुले गर्ने व्यक्तिगत…

हाल प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही अन्य पहाडी भूभागहरुमा आंशिक बदली रहेको महाशाखाको भनाइ छ।

खानपिनमा खर्च हुनेछ। पूरानो धन जम्मा हुनेछ। बाेलीले साथ दिनेछ।

मन्त्री गुरुङले प्रधानमन्त्री ओली नैतिकताको हिसाबले पनि राजीनामा गरेर भाग्न नपाउने तर्क गर्नुभयो ।

मन्त्रिपरिषदले गरेको सिफारिस अनुसार राष्ट्रपति भण्डारीले २३ गते आइतबार ४ बजेका लागि प्रतिनिधिसभाको बैठक आह्वान गर्नुभएको छ ।

आफू हरेक परिस्थितिको सामना गर्न पूर्ण रुपमा तयार रहेको तथा आफ्नो स्वभाव, आचरण पूर्ण लोकतान्त्रिक भएको उहाँकाे दाबी छ।