अरनिको राजमार्गमा प्रेसर कुकर बम, सेनाद्वारा डिस्पोज (अपडेट)

काभ्रे । अरनिको राजमार्गअन्तर्गत जिल्लाको बुडोलमा फेला परेको प्रेसर कुकर बम सेनाले डिस्पोज गरेको छ।
बाटोमा अज्ञात समुहले राखेको शंकास्पद वस्तु राखेकाे पेला परेपछि डिस्पोज गर्न नेपाली सेनाको टोली बोलाइएको थियो।
जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी भुपेन्द्र खत्रीले राजमार्गमा भेटिएको शंकास्पद वस्तु प्रेसर कुकर बम रहेको पाइएपछि डिस्पोजल टोलीले डिस्पोज गरेको जानकारी दिनुभयाे ।
सडकमा बम राख्ने समूहको खोजी कार्य तीव्र पारिएको खत्रीको भनाइ छ ।