Logo फाल्गुन १३, २०७७ बिहीबार


सुदूरपश्चिममा ३९ हजार सवारी साधन कारवाहीमा

टीकापुर । सुदूरपश्चिम प्रदेशमा छ महिनामा ३९ हजार ३ सय बढी सवारी साधन कारवाहीमा परेका छन् । चालु आर्थिक वर्षको छ महिनामा सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा ट्राफिक नियम उल्लङ्घन गर्ने ३९ हजार ३ सय ९३ सवारी साधन कारवाहीमा परेका सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएको छ ।

ट्राफिक प्रहरी कार्यालय अत्तरियाको तथ्याङ्कअनुसार छ महिनामा सबैभन्दा बढी १४ हजार ७ सय ८५ मोटरसाइकल, नौ हजार ६ सय ३५ जीप र कार, छ हजार ५ सय ६० ट्रक, छ हजार ५४ ट्र्याक्टर, एक हजार २ सय २६ बस र एक हजार १३३ अन्य सवारी साधन कारवाहीमा परेका छन् ।

छ महिनाको अवधिमा सबैभन्दा बढी मङ्सिर महिनामा आठ हजार ३ सय ४० र कम भदौमा तीन हजार ५ सय ५६ सवारी साधन कारवाहीमा परेका छन् । कारवाहीमा परेका सवारी साधनबाट २ करोड २८ लाख ६७ हजार ५ सय राजस्व सङ्कलन भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रवक्ता प्रहरी निरीक्षक मोहनबहादुर साउँदले जानकारी दिनुभयो । ‘अघिल्लो आवको छ महिनामा ३५ हजार ९ सय ६१ सवारी साधन कारवाहीमा पर्दा २ करोड ११ लाख ७१ हजार ५ सय राजस्व सङ्कलन भएको थियो’, प्रहरी निरीक्षक साउँदले भन्नुभयो, ‘अघिल्लो आवको तुलनामा यस वर्षको छ महिनामा तीन हजार ४ सय ३२ सवारी साधन बढी कारवाहीमा परेका छन् । जसमा गत वर्षभन्दा १६ लाख ९६ हजार राजस्व वढी सङ्कलन भएको देखिन्छ ।’

यस वर्ष ट्राफिक नियम बढी उल्लङ्घन भएका र नयाँ प्रविधिको प्रयोगले सवारी साधन बढी कारवाहीमा परेका प्रवक्ता साउँदको भनाइ छ । सुदूरपश्चिममा यस वर्षको छ महिनामा ३ सय ३४ सवारी दुर्घटना भएका छन् । तीन सय ३४ दुर्घटना हुँदा ४ सय २७ सवारी साधनमा क्षति भएको छ भने ९९ को ज्यान गएको छ । यो अवधिमा ३ सय २० गम्भीर र २ सय ९० सामान्य घाइते भएका छन् ।

ट्राफिक कार्यालयको तथ्याङ्कअनुसार अघिल्लो आवको छ महिनामा १ सय ३६ सवारी दुर्घटना भएका थिए । एक सय ३६ दुर्घटना हुँदा १ सय ९६ सवारी साधनमा क्षति भएको थियो भने ६९ को ज्यान गएको थियो । अघिल्लो आवको छ महिनाको तथ्याङ्क हेर्दा चालु आवमा सवारी दुर्घटनासमेत बढेको तथ्याङ्क छ । सडकको अवस्था र तीव्र गतिका कारण सवारी दुर्घटना बढिरहेको र दुर्घटनामा कमी ल्याउन सबै पक्ष सचेत हुन आवश्यक रहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

अन्तराष्ट्रिय क्षेत्रमा नेपालीहरुको पहिचान निर्माण गर्ने उल्लेखनीय काम गरेको भन्दै वरिष्ठ छातीरोग विशेषज्ञ डा. गौरी शंकर लाल दासलाई प्रदान गरिएको…

उहाँहरुकै कार्यकुशलताका कारण प्रहरीले सो घटनाको अनुसन्धानमा सफलता पाएको डिआइजी सुवेदीले बताउनुभयो ।

समिति सभापति तारादेवी भट्टले डाँडा कटान भएको प्रगति विवरण समितिमा पेस गर्न मन्त्रालयलाई निर्देशन दिनुभएको छ ।

राम सिटौलाको संगीत तथा अरुणदेव जोशीको निर्देशन रहेको म्युजिक भिडियोको छायांकन नारायण जीसीले गरेका हुन् ।

उनीहरुले विभिन्न मितिमा उपहार पर्‍याे भनी प्रलोभनमा पारी पीडितलाई आईएमईमार्फत पैसा पठाउन लगाई ठगी गर्दै हिँडेको प्रहरीले बताएको छ ।

परिस्थितिकाे सामना गर्ने भन्नुकाे अर्थ अविस्वासकाे प्रस्ताव सामना गर्छु वा सत्ताकाे बागडाेर अरू नै कुनै तरिकाले सञ्चालन गर्छु भन्ने हाे…