Logo फाल्गुन १८, २०७७ मंगलबार


काे हुन ओली व्यंग्यका सिकार ‘एकजना बाजे वकिल’ ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय गर्ने हरेक भाषण व्यक्ति केन्द्रीत हुने र व्यक्तिका बारेमा टिका-टिप्पणी गरेर आफ्ना समर्थकलाई हँसाउने गर्दै आउनुभएको छ । खासगरी आफूसँग असहमत हरेक व्यक्ति ओलीको निशानामा पर्ने गरेका छन् ।

असमहतहरुलाई भासणमार्फत होच्याउने र गिज्याउने शिलशिलामै वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी पनि ओलीको व्यंग्यको सिकार बन्नु भएको छ । पूर्वप्रधानन्यायाधीशहरू केदारप्रसाद गिरी, गोविन्दबहादुर श्रेष्ठका साथै पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द र संविधानसभा अध्यक्ष सुवास नेम्वाङलगायतका वरिष्ठ अधिवक्ताहरूलाई कानुन पढाउने भण्डारीमाथि प्रधानमन्त्री ओलीले अपमानजनक शब्द प्रयोग गर्नुभएको हो ।

प्रधानमन्त्री केपी ओलीले एक कार्यक्रममा आफ्ना समर्थक माझ ९४ वर्षीय वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई पनि अनादर गर्दै भन्नुभएको छ, ‘एकजना बाजे वकिललाई समेत लिएर सर्वोच्च गएछन्, तमासा देखाउन ।’

को हुन ‘एकजना बाजे वकिल’ ?

६३ वर्ष अघिदेखि न्यायसेवामा  क्रियाशिल ९४ वर्षीय वरिष्ठ अधिवक्ता भण्डारीले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतमा बहस गरिरहनुभएको छ । लामो समयदेखि भण्डारीले सर्वोच्चमा ओलीले भनेको जस्तो तमासा देखाउने नभई न्यायको पैरवी गर्ने काम गर्दै आउनुभएको छ ।

बिपी कोइराला, रामराजाप्रसाद सिंह र डा. केआई सिंहलगायतका नेताहरुमाथि लागेका राजनीतिक मुद्दा लड्नुभएका भण्डारीले राजनीतिक दलहरू प्रतिबन्धित र भूमिगत भएका वेला भण्डारी सर्वोच्च अदालतमा राजनीतिक स्वतन्त्रताका लागि खुलेर लड्नु भएको इतिहास छ । तर प्रधानमन्त्री ओलीले भने राजनीतिक र न्यायिक स्वतन्त्रताको लडाइँका यस्ता प्रतीकलाई होच्याएर आफ्नै व्यक्तित्व थप खल्लो बनाएको विश्लेषण हुन थालेको छ ।

कानुनका हरेक विद्यार्थीका लागि जिउँदो इतिहास मानिने भण्डारी १९८४ जेठ २६ मा रौतहटमा जन्मिनुभएको थियो । २००७ सालको क्रान्ति अघि नै रौतहटमा राजनीतिक स्वतन्त्रता र आर्थिक शोषणविरुद्ध संघर्ष सुरु गर्नुभएका उहाँले रौतहटमा जमिन्दारले बनाएका तमसुक च्यात्ने अभियान समेत चलाउनुभएको थियो । ००७ सालको क्रान्तिमा रौतहटबाट सक्रिय भूमिका निर्वाह गर्ने भण्डारी राजनीतिक परिवर्तनपछि २०११ सालमा काठमाडौं आउनुभएको हो ।

त्यही बेला खुलेको नेपालमा ल क्याम्पसको पहिलो ‘ब्याच’ का विद्यार्थीसमेत रहेका भण्डारीले व्यवस्थाका लागि मात्रै नभई अदालतभित्र हुने भ्रष्टाचारको पनि भण्डाफोर गर्दै आउनुभएको थियो । कृष्णप्रसाद भण्डारीलाई तत्कालीन राजा महेन्द्रले प्रधानन्यायाधीशसम्मको पद अफर गरेका गरेको भए पनि उहाँले अस्वीकार गर्नुभएको थियो ।

२०१६ मा नेपाल ल क्याम्पसका प्राध्यापक समेत रहनुभएका भण्डारीसँग पढेका र उहाँले सिकाएका कयौं विद्यार्थी वरिष्ठ अधिवक्ता, देशका कानुनमन्त्री, प्रधानन्यायाधीश र प्रधानमन्त्रीसमेत बनिसकेका छन् ।

बिपी कोइरालाको पक्षमा मुद्दा लडेका वकिल

जननिर्वाचित संसद् विघटन गरेर राजा महेन्द्रले प्रधानमन्त्री बिपी कोइरालालाई राज्यद्रोहको मुद्दा लगाएर अपदस्थ गरेपछि त्यसका विरुद्दमुद्दा लड्ने वकिल हुन भण्डारी । बिपीको पक्षमा मुद्दा लड्न भण्डारी आफैँले मुद्दा हाल्नुभएको थियो । २०१७ को ‘कु’ पछि पञ्चायती व्यवस्थाले संविधान, कानुन र नागरिकका सबै अधिकार खोस्दै गर्दा व्यक्तिगत स्वतन्त्रता ऐन, २००४ को सहारामा भण्डारीले २०१८ मा मुद्दा हाल्नुभएको थियो ।

बिपीमाथि अदालतमा मुद्दा चलेपछि उहाँ भारत जानुपर्यो । राष्ट्रिय मेलमिलापको नीति लिएर २०३३ मा नेपाल फर्किँदा नेपालमा नजान सुझाउनेहरुलाई बिपीले आफ्नो पक्षमा वकालत गर्न ‘नेपालमा भण्डारीजस्ता वकिल छन्’ भन्नुभएको आज पनि चर्चा चल्ने गर्छ ।

वरिष्ठ अधिवक्ता भण्डारीले गणतन्त्र स्थापनाको नारा राख्दै आउनुभएका रामराजाप्रसाद सिंहले २०४२ मा नारायणहिटी पर्खालमा बम विस्फोट गराएपछि उहाँमाथि परेको मुद्दासमेत हेर्नु भएको थियो । त्यस्तै, २०१५ को निर्वाचन बहिष्कार गर्ने र पञ्चायती व्यवस्था निरंकुश हो भनेर पर्चा छर्दै हिँड्नुभएका डा. केआई सिंहमाथि लगाइएको मुद्दामा पनि भण्डारी लड्नुभएको थियो । यि दुवै मुद्दामा सिंहले अदालतबाट सफाइसमेत पाउनुभएको थियो ।

भण्डारीले आफ्नाे वकालत जीवनमा राष्ट्रियता र लोकतान्त्रिक संविधानको पक्षका मुद्दाहरुमा लामो समयदेखि बहस गर्दै आउनुभएको छ । पञ्चायतकालमा जेलमा राजनीतिक बन्दीलाई कुपोषित अवस्थामा राख्दा उनीहरूलाई पोषिलो खाना दिनुपर्ने भन्दै अदालतमा मुद्दा लड्ने वकिल पनि हुनुहुन्छ, उहाँ । तर विडम्बना हिजोका राजनीतिक बन्दी शासनमा पुगेपछि तिनै भण्डारीलाई लक्षित गर्दै भनिरहेका छन्, ‘सर्वोच्चमा तमासा देखाउन एउटा बाजेलाई पनि लगेछन् ।’

प्रतिक्रिया दिनुहोस्
विशेष

संसद बैठकका एजेण्डाहरुको सम्बन्धमा सम्बद्ध सबै पक्षसँग तालिकाबद्ध रुपमा विचार, विमर्श र परामर्श गर्ने स्पष्ट पार्नुभयो ।

मन्त्री आलेले वैज्ञानिक वन कार्यक्रम खारेजका लागि वन मन्त्रालयका सबै कर्मचारीहरुको सहयोग र साथ पाएको भन्दै मन्त्रालयका कर्मचारीहरुको प्रशंसा पनि…

नरेश न्यौपाने/टिप्पणी काठमाडौं । हुन त राजनीतिलाई विचित्रको खेल त्यसै कहाँ भनिएको हो र ? बेला बेला राजनीतिकर्मीहरुले गर्ने व्यक्तिगत…

हाल प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही अन्य पहाडी भूभागहरुमा आंशिक बदली रहेको महाशाखाको भनाइ छ।

खानपिनमा खर्च हुनेछ। पूरानो धन जम्मा हुनेछ। बाेलीले साथ दिनेछ।

मन्त्री गुरुङले प्रधानमन्त्री ओली नैतिकताको हिसाबले पनि राजीनामा गरेर भाग्न नपाउने तर्क गर्नुभयो ।