Logo फाल्गुन १३, २०७७ बिहीबार


सिरहाको मिर्चैयामा प्रेसर कुकर बम भेटियो

सिरहा । मिर्चैया नगरपालिका वडानम्बर ५ स्थित जिबाखोलाको पुलमा प्रेसर कुकर बम फेला परेको छ ।

शनिवार बिहान बेवारिसे अवस्थामा फेला परेको प्रेसर कुकर बम निस्क्रिय पार्न चोहर्वास्थित श्री शेर गणबाट नेपाली सेनाको डिस्पोजल टोली त्यसतर्फ जाँदै गरेको प्रहरीले जनाएको छ । सेनाको टोली बेवारिसे प्रेसर कुकर बम फेला परेको स्थानमा भने पुगिसकेको छैन ।

बम कसले र कुन प्रायोजनको लागि राख्यो भन्ने नखुले पनि आज नेपाल बन्दको आह्वान गरेको नेत्र विक्रम चन्द ‘विप्लव’ समूहले राखेको हुनसक्ने प्रहरीको अनुमान छ । पुर्व पश्चिम राजमार्गको यातायात रोकेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

पर्यटकीय सम्पदा वस्ती वुङमतीलाई साइकल रुट बनाउने, वुङमतीको काष्ठकला र हस्तकलालाई विश्वव्यापीरुपमा चिनाउन र सम्पदा बस्ती संरक्षणमा स्थानीय सरकारसँगै परियोजना…

अन्तराष्ट्रिय क्षेत्रमा नेपालीहरुको पहिचान निर्माण गर्ने उल्लेखनीय काम गरेको भन्दै वरिष्ठ छातीरोग विशेषज्ञ डा. गौरी शंकर लाल दासलाई प्रदान गरिएको…

उहाँहरुकै कार्यकुशलताका कारण प्रहरीले सो घटनाको अनुसन्धानमा सफलता पाएको डिआइजी सुवेदीले बताउनुभयो ।

समिति सभापति तारादेवी भट्टले डाँडा कटान भएको प्रगति विवरण समितिमा पेस गर्न मन्त्रालयलाई निर्देशन दिनुभएको छ ।

राम सिटौलाको संगीत तथा अरुणदेव जोशीको निर्देशन रहेको म्युजिक भिडियोको छायांकन नारायण जीसीले गरेका हुन् ।

उनीहरुले विभिन्न मितिमा उपहार पर्‍याे भनी प्रलोभनमा पारी पीडितलाई आईएमईमार्फत पैसा पठाउन लगाई ठगी गर्दै हिँडेको प्रहरीले बताएको छ ।