Logo फाल्गुन १६, २०७७ आइतबार


बीच सडकमा शंकास्पद बस्तु भेटियाे

बैतडी। नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले नेपाल बन्द आयोजना गरेको दिन आज बैतडीमा शंकास्पद बस्तु फेला परेको छ ।

दोगडाकेदार गाउँपालिका वडानम्बर १० चम्तडीको बीच सडकमा शंकास्पद बस्तु फेला पर्दा आवतजावत तथा सवारी साधन बन्द भएका छन् । शनिवार बिहानै शंकास्पद बस्तु फेला परेपछि स्थानीय त्रसित बनेका छन् ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरिक्षक नारायणप्रशाद अधिकारीले बम जस्तो देखिने शंकास्पद बस्तुलाई डिस्पोजल गर्नको लागि दार्चुलाबाट नेपाली सेनाको टोलीलाई झिकाईएको जानकारी दिनुभयो ।

अबको केही समयमा सेनाको टोली पुग्ने र शंकास्पद बस्तुलाई डिस्पोजल गरेपछि सवारी साधनलाई ‘स्कटिङ’ गरि गन्तव्यमा पुराईने प्रहरी नायब उपरिक्षक नारायणप्रसाद अधिकारीको भनाइ छ ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्द सफल बनाउन शंकास्पद बस्तु राखेको हुन सक्ने अधिकारीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

जिल्ला अस्पतालहरुको भवन निर्माणको क्रम जारी रहेको बताउँदै उहाँले जनशक्ति र उपकरणको पर्याप्त उपलब्धताका लागि प्रदेश सरकारले काम गरिरहेको बताउनुभयो…

बहुमत केन्द्रीय कमिटीको बैठक गरेर प्रधानमन्त्री ओलीलाई कारबाही गर्ने नेता रावलकाे भनाइ छ।

मन्त्रिपरिषद् बैठकले प्रतिनिधि सभा बैठक फागुन २३ गते बोलाउनको लागि राष्ट्रपति समक्ष सिफारिस गरिसकेको भए पनि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि…

प्रचण्डले भारतसँगको सम्बन्ध र सरकार निर्माणका बारेमा मात्रै बोल्नुभएको क्लिप कटिङ गरी विरोधीहरुले विरोध गरिरहेका छन् ।

प्रचण्डले भारतसँगको सम्बन्ध र सरकार निर्माणका बारेमा मात्रै बोल्नुभएको क्लिप कटिङ गरी विरोधीहरुले विरोध गरिरहेका छन् ।

शनिवारको कार्यक्रमा पन्तले वलीमाथि टिप्पणी गर्दै ‘कोमल वलीले सारी सर्काएर गोरा पिँडुला देखाएर पोइला जान पाम् भनेपछि सांसद’ पद पाएको…