‘कोरोना भाइरसको नयाँ प्रजाति पहिलाको भन्दा धेरै खतरनाक’

एजेन्सी । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले कोरोना भाइरसको नयाँ प्रजातिको संक्रमण पहिलेको भन्दा धेरै खतरनाक भएको बताउनुभएको छ । पछिल्लो समय बेलायतमा कोरोना भाइरसको संक्रमण र मृत्यु दर बढिरहँदा प्रधानमन्त्री जोन्सनले नयाँ भाइरस झन् खतरा भएको बताउनुभएको हो ।
नयाँ भाइरस पहिलाको भन्दा बढी खतरा रहेकाले नागरिले अझ बढी सुरक्षा मापदण्ड अपनाउनु पर्ने जोन्सनको भनाइ रहेको विदेशी समाचार संस्थाहरुले बताएका छन् ।
पहिलो पटक गत महिना मात्र इंगल्याण्डको केन्टमा देखिएको नयाँ प्रजातिको भाइरस पूरानाे भाइरसभन्दा ७० प्रतिशतभन्दा बढी संक्रमण फैलिनसक्ने रहेको बताइएको छ । शुक्रबार डाउनिङ स्ट्रिटमा आयोजित पत्रकार सम्मेलनका क्रममा उहाँले भन्नुभयो, ‘छिट्टै धेरैमा संक्रमण फैलिने डर भएकाले नागरिकहरुले सुरक्षा सावधानीमा विशेष सतर्कता अपनाउनु जरूरी छ ।’
पछिल्लो समय निकै संक्रामक बन्दै गएको बेलायतमा कोरोना भाइरसको सक्रमणबाट एकैदिनमा १ हजार ८ सय २० जनाको मृत्यु भएको समाचारमा जनाइएको छ ।