Logo फाल्गुन १२, २०७७ बुधबार


प्याजको बोक्रा फाल्नुहुन्छ ? नफाल्नुस, यस्ता छन् फाइदा

काठमाडाैं ।  हामी प्याजको बोक्रालाई फोहोर सम्झेर फाल्दिन्छौँ । हामी अधिकांश मानिस प्याजको बोक्राको फाइदाबारे अनविज्ञ छौँ ।प्याजको बोक्रामा अत्याधिक पोषक तत्व पाइन्छ, जसले हाम्रो स्वास्थ्यका साथसाथै छालालाई सुन्दर बनाउन पनि सहयोग पुग्छ । भिटामिन ए, सी, इ र कयौँ एन्टीअक्सीडेट्सले भरिपूर्ण प्याजको बोक्रामा एन्टीइफ्लेमेट्री पनि पाइन्छ । प्याजको बोक्रामा क्वेरसेटिन उच्च मात्रामा पाइन्छ, जसले रक्तचाप कम गर्न र धमनी सफा गर्न मद्दत पुर्याउँछ। यसले हृदयघातको जोखिम कम गर्दछ।

यस्ता छन् प्याजका बोक्राका फाइदाहरु
–क्यान्सरबाट बचाउँछ
एक अध्ययनका अनुसार प्याजको बोक्रामा फाइबर प्रशस्त मात्रामा पाइन्छ। साथै, यसमा रहेका फ्लाभोनोइड्स, क्वेरेसेटिन र फेनोलिक शरीरलाई क्यान्सर जस्ता समस्याबाट जोगाउन निकै प्रभावकारी हुन्छ।

–घाँटी सम्बन्धी समस्यालाई कम गर्दछ
प्याजको बोक्राले हाम्रो घाँटी सम्बन्धी समस्यालाई कम गर्न मद्यत गर्छ । प्याजको बोक्रालाई पानीमा भिजाएर वा चियासँगै उमालेर पिएमा घाँटीको दुखाइ र अन्य समस्यामा राहत मिल्छ ।

–छालाको एलर्जी कम गर्न सहयोग गर्दछ
प्याजको बोक्राले छालाको एलर्जी निको बनाउन समेत मद्यत गर्छ । यसका लागि प्याजको बोक्रालाई एक रात पानीमा भिजाउनुपर्छ । यसरी भिजाइएको पानी र प्याजको बोक्राले छाला सफा गर्नुपर्छ । यो प्रयोग गरेको केही दिनमा नै एजर्लीबाट राहत मिल्न थाल्छ ।

–कपाल लामो बताउँन मद्यत
छिटो कपाल बढाउनका लागि प्याजको बोक्रा प्रयोग गर्न सकिन्छ । यसका लागि प्याजको बोक्रा र चियाको पात पानीमा उमाल्ने र यसरी उमालेको पानीले कपाल धुनुपर्छ । निरन्तर यस्तो पानीले कपाल धुनाले कपाल लामो, बाक्लो हुनुका साथै चाँयाको समस्या भए कम भएर जान्छ ।

–मांसपेशी बाँउडिने समस्या कम गर्छ
प्याजको बोक्रा भिजाएको वा उमालेको पानी प्रत्येक साँझ सुत्ने बेला पिउनाले खुट्टा दुख्ने, मांसपेशी बाँउडिने समस्या कम हुन्छ । यसका लागि प्याजको बोक्रालाई कम तापक्रममा १५ मिनेट जति उमाल्ने र प्रत्येक साँझ एक कप पिउने गर्नुपर्छ ।

–छाला गोरो बनाउन
छालालाई सेतो र चमकदार बनाउन प्याजको बोक्रा उपयुक्त हुन्छ । यसको लागि प्याजको बोक्राको रस हल्दीमा मिसाउने र अनुहारमा लगाउनु पर्छ । यसले अनुहारको दाग हटाउन समेत मद्यत गर्छ र अनुहारमा गोरोपना बढाउन र चमक ल्याउन मद्यत पुग्छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

सभापति देउवाले नेपालमा न्याय र प्रजातन्त्रको जित भएको बताउनुभयो ।

'नेपालको संविधानले संविधानको अन्तिम व्याख्याताको रुपमा सर्वोच्च अदालतलाई स्थापित गरेको छ । संवैधानिक इजलासबाट गरिएको फैसलालाई हामीले कार्यान्वयन गर्ने निर्णय…

सर्वोच्च अदालतको निर्णय बाहिर आउने वित्तिकै राजीनामा गर्नुपर्थ्याे अहिलेसम्म पनि उहाँले राजीनामा गर्नुभएको छैन । म फेरिपनि यही अनलाइनबाट भन्न…

अदालतकै फैसला अनुसार छिट्टै प्रतिनिधि सभाको बैठक बस्दैछ र प्रतिनिधि सभाको बैठकबाट संविधान अनुसार नै अरु प्रक्रिया अगाडि बढ्ने छ…

काठमाडौं । नेपाल कम्युनिष्ट पाटी (नेकपा) ले आज विजय जुलुश निकाल्ने भएको छ। प्रतिनिधिसभा विघटनको विरुद्धमा सर्वोच्च अदालतमा रिट हालेको…

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले संसदीय दलको बैठक बोलाएको छ। सर्वोच्च अदालतले संसद विघटन बदर गरेपछि नेकपाले बैठक बोलाएको…