अज्ञात समूहले राखेको कुकर बम सुरक्षाकर्मीद्वारा डिस्पोज

फाइल तस्बिर
रामभरोसि यादब
सिरहा । पूर्वपश्चिम राजमार्ग अन्तर्गत मिर्चैया नगरपालिका– ५ जिवा पुलमा अज्ञात समूहले राखेको कुकर बम सुरक्षाकर्मीले डिसपोज गरेको छ । चोहर्वास्थित नेपाली सेनाको श्रीशेर गणबाट खटिएको डिस्पोजल टोलीले कुकर बम डिसपोज हो ।
गस्तीमा रहेका प्रहरी टोलीले शनिवार बिहान पुलको उत्तर पश्चिम कुनामा कुकर बम देखेका थिए । प्रहरीले देख्नासाथ संयुक्त गस्ती टोलीले वरपरका झाडीहरुसमेत सर्च गरेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डिएसपी राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
पुलमै बम भएकाले करिव ३ घण्टा सडक अवरुद्ध भएको थियो । बाटोमै बम भएकाले मानवीय क्षति हुन नदिन केही समय सडक अवरुद्ध गरिएको प्रहरीको भनाइ छ ।
कसले के प्रयोजनका लागि बम राखेकाे भन्ने अझै नखुलेको भन्दै डिएसपी श्रेष्ठले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिनुभयाे ।