Logo फाल्गुन १६, २०७७ आइतबार


ओलीको प्रतिगमनविरुद्ध सोमवार ‘बालुवाटार मार्च’ हुने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनविरुद्ध बालुवाटार मार्च हुने भएको छ ।  ओलीको प्रतिगमनलाई चुनौति दिन ‘बृहत् नागरिक आन्दोलन’ ले बालुवाटार मार्च गर्न लागेको हो ।

बृहत् नागरिक आन्दोलनको तर्फबाट युग पाठकद्वारा जारी प्रेस विज्ञप्ति अनुसार माघ १२ गते हुने बालुवाटार मार्चमा कवि, लेखक, कलाकर्मी, संगीतकर्मी, बौद्धिक पेशाकर्मी तथा सचेत नागरिकमा सहभागिताका लागि अनुरोध गरिएको छ ।

विज्ञप्ति अनुसार कमलपोखरी बचाउ अभियानका अभियन्ताहरुबाट माटोको टिका लगाएर कमलपोखरीबाट बालुवाटारसम्म मार्चपास आयोजना हुनेछ ।

‘संसद विघटन लगायत सबै प्रकारका प्रतिगमनको विरुद्ध सशक्त प्रतिकार गर्दै मुलुकलाई स्वस्थ र न्यायपूर्ण बाटोमा फर्काउने हामी सबै सचेत नागरिकको कर्तव्यवोध सडकमै प्रदर्शित हुनु आवश्यक रहेकोमा हामी जोड दिन चाहन्छौं’ विज्ञप्तिमा भनिएको छ ।

मार्चमा कलात्मक प्रस्तुती हुने विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

जिल्ला अस्पतालहरुको भवन निर्माणको क्रम जारी रहेको बताउँदै उहाँले जनशक्ति र उपकरणको पर्याप्त उपलब्धताका लागि प्रदेश सरकारले काम गरिरहेको बताउनुभयो…

बहुमत केन्द्रीय कमिटीको बैठक गरेर प्रधानमन्त्री ओलीलाई कारबाही गर्ने नेता रावलकाे भनाइ छ।

मन्त्रिपरिषद् बैठकले प्रतिनिधि सभा बैठक फागुन २३ गते बोलाउनको लागि राष्ट्रपति समक्ष सिफारिस गरिसकेको भए पनि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि…

प्रचण्डले भारतसँगको सम्बन्ध र सरकार निर्माणका बारेमा मात्रै बोल्नुभएको क्लिप कटिङ गरी विरोधीहरुले विरोध गरिरहेका छन् ।

प्रचण्डले भारतसँगको सम्बन्ध र सरकार निर्माणका बारेमा मात्रै बोल्नुभएको क्लिप कटिङ गरी विरोधीहरुले विरोध गरिरहेका छन् ।

शनिवारको कार्यक्रमा पन्तले वलीमाथि टिप्पणी गर्दै ‘कोमल वलीले सारी सर्काएर गोरा पिँडुला देखाएर पोइला जान पाम् भनेपछि सांसद’ पद पाएको…