मलेसियामा मृत्यु भएका १७ नेपालीको शव ल्याइयो

काठमाडौं । मलेसियामा मृत्यु भएका १७ जना नेपालीको शव आज नेपाल ल्याइएको छ । नेपाल वायुसेवा निगमको वाइडबडी जहाजमार्फत १७ जना नेपालीको शव नेपाल ल्याइएको हो ।
शव विमानस्थलबाटै सम्बन्धित परिवारको जिम्मा लगाइएको छ। शव लिन निगमको जहाज शुक्रबार राति ११ बजे मलेसियाको क्वालालम्पुर उडेको थियो।
वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा काम गर्न गएका नेपाली विभिन्न कारणले ज्यान गुमाएर त्यहाँ अलपत्र अवस्थामा थिए । शव ल्याउन नसकिएका अन्य पाँच जनाको अस्तु मात्रै ल्याइएको छ ।