बागमती सफाइ अभियानकाे आठ वर्ष, फाेहाेर उस्तै(फाेटाेफिचर)

काठमाडाैं । बाग्मती सफाइ महाअभियानकाे आठ वर्ष पुगेकाे छ । अभियानकाे ४०२औँ साता मनाइरहँदा नदीकाे किनारका फाेहाेरहरू एकदिन उठाइन्छन् तर भाेलिपल्टदेखि उस्तै देखिदै आएको छ ।
नदी सफा बनाउने एकमात्र उपाए नदीमा फाेहाेर तथा फाेहाेर जन्य पदार्थ नफाल्नु नै हाे । फाेहाेर नफाल्ने अभियानभन्दा पनि फाेहाेर उठाउने अभियान सञ्चालन भइरहेकाले सातामा एकदिन केही सफा देखिएपनि अर्काे दिनदेखि उस्तै देखिन्छ । सफाइ महाअभियान विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको हो ।
तस्बिर : हनिशराज पन्त/जनतासमाचार