Logo फाल्गुन २४, २०७७ सोमबार


‘महिलासिट भनेको तरुनीसिट होइन’ (भिडियोसहित)

काठमाडौं । हाँस्यकलाका सुबोध गौतमले बसमा सुरक्षित राखिने महिलासिट तरुनीसिट नभएको बताएका छन् । जनता टेलिभिजनमा प्रत्येक बुधबार प्रसारण हुने ‘नेपाली कमेडि शो’ को नयाँ श्रृङ्खलामा हाँस्य कलाकार गौतमले सुत्केरी र गर्भवती बस्नुपर्ने सिट भन्दै महिलासिट तरुनीसिट नभएको बताएका हुन् ।

उनले ‘शो’ को नयाँ श्रृङ्खलामा नेपालका सडकको अवस्था, ट्राफिकजाम, सार्वजनिक सवारीका समस्यालगायतका विषयमा व्यङ्ग्य गरेका छन् । कलाकार गौतमले वर्षाको सयममा सडकभरि पानी हुँदा गाडी चलाउन समस्या हुने भन्दै ट्राफिक महाशाखालाई त्यस समस्या समाधानको उपाय बताए । उनले वर्षाको समयमा सडकमा पानी जम्दा भएभरका सबै भैँसीलाई सडकमा छोड्दिने र ड्राइभरलाई भैँसीको सिङ हेरेर गाडी चलाउन लगाउने भन्दै सडकको अवस्था बारेमा व्यङ्ग्य प्रहार गरे ।

यस श्रृङ्खलामा हाँस्यकलाकार राजाराजेन्द्र पोखरेलले निर्वाचन अघिका नेता, जनता र निर्वाचनपछिका नेता र जनताको अवस्थाका बारेमा व्यङ्ग्य गरेका छन् । चुनावअघि नेताहरुले आफूलाई जिताए ढुंगो जमाइदिने र पानी पगालिदिने भाषण गर्ने भन्दै उनले नेतामाथि व्यङ्ग्य गरे ।

त्यसैगरी, कान्छी हाँस्यकलाकार श्वेसा खनालले घरमा पाहुना आउँदा गर्ने व्यवहार र अरु बेलाको व्यवहार आकाश र पातलको फरक हुने भन्दै व्यङ्ग्य गरेकी छन् । उनले अरु बेला कुटाइ खाएर आँखामा आँसु, पाहुना आउँदा खसीको मासु हुने भन्दै व्यङ्ग्य गरेकी हुन् । उनले अरु बेला टाउकोमा डण्डा, पाहुना आउँदा कुखुराको अण्डा हुने भन्दै घरको पोल खोलेकी छन् ।

त्यसैगरी, कमेडी शो का अन्य कलाकारले विभिन्न विषयमा व्यङ्ग्य गर्दै दर्शकलाई भरपुर मनोरञ्जन दिएका छन् ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
विशेष

पितृसत्ताको जाँतोमा लामो समयसम्म महिलाहरु थिचिएकै कारण उनीहरुलाई बाहिर आउन निकै लामो सघर्ष गर्नुपरेको यथार्थ हामी सामू छदैछ ।

काठमाडौं । नक्सालमा भीषण आगलागी भएको छ । नारायण चौर नजिक रहेको फुट ट्र रेष्टुरेन्टमा आगलागी भएको हो। आगलागी नियन्त्रणका…

सर्वोच्च अदालतले तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा खारेज गरे फैसलापछि सो समूहले आकस्मिक स्थायी समिति बैठक बोलाएको…

उपराष्ट्रपति पुनले राज्यको हरेक निकायमा महिला सहभागिता बढिरहेको उल्लेख गर्दै यस उपलब्धी प्रति गर्व गर्दै बाँकी उपलब्धीहरुका लागि सचेत रहन…

नेकपा स्रोतका अनुसार आज अपरान्ह तीन बजे पेरिसडाँडामा बोलाएको स्थायी कमिटी बैठकबाट पुनरावलोकनमा जानेबारे औपचारिक निर्णय गर्नेछ।

हिउँदमा पनि नदीमा पानी बगाउन शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा बाँध निर्माण भइरहे पनि पूरा हुन सकेको छैन ।