थप ८ संक्रमितको मृत्यु, मृतक १९९४ पुगे

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप आठ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा आठ जना संक्रमितको मृत्यु भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या एक हजार नौ सय ९४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा तीन हजार पाँच सय ४१ जनाको पीसीआर परीक्षण गरिएकोमा दुई सय ३२ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या दुई लाख ६९ हजार एक सय ८० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा तीन सय ६८ जना कोरोनाका बिरामी निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या दुई लाख ६३ हजार सात सय ३४ पुगेको मन्त्रालयले जनाएको छ।