Logo फाल्गुन १२, २०७७ बुधबार


केपी ओली बालकोट फर्कने पक्का : थापा

काठमाडौं । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटारबाट बालकोट फर्किने पक्का भएको बताउनुभएको छ ।

मानव अधिकार तथा शान्ती समाजको २३औँ जिल्ला साधरणासभा तथा असंवैधानिक एवं अलोकतान्त्रिक तवरमा प्रतिनिधिसभा विघटन र प्रतिगमनको सिलसिला विषयक गोष्ठिमा बोल्दै थापाले प्रधानमन्त्री ओली बालुवाटरबाट बालकोट र त्यसपछि दमक सर्ने पक्का भएको बताउनुभएको हाे ।

प्रधानमन्त्री ओलीले गरेको संसद विघटन असंवैधानिक भएकाले अदालतले पुनर्स्थापना गर्ने बताउनुभयो । ‘अदालतले न्याय दिन्छ भन्ने विश्वास छ तर न्याय भयो भनेर मात्रै हुुँदैन न्यायको अनुभूति पनि हुनुपर्छ’, उहाँले भन्नुभयो, ‘ओलीले संसदीय व्यवस्थाको अपमान गरेका छन्, छिटोभन्दा छिटो सम्मानित अदालतले यसलाई टुङ्गोमा पुर्याउनु पर्छ ।’

कुनै पनि राजनीतिक दलले निर्वाचनका लागि तयारी गर्नुपर्छ र तयारीमा रहनु पनि पर्छ भन्दै थापाले भन्नुभयो, ‘अहिले केपी ओलीले गर्छु भनेको निर्वाचन कुनैपनि हालतमा हुन सक्दैन ।’

प्रतिक्रिया दिनुहोस्
विशेष

सभापति देउवाले नेपालमा न्याय र प्रजातन्त्रको जित भएको बताउनुभयो ।

'नेपालको संविधानले संविधानको अन्तिम व्याख्याताको रुपमा सर्वोच्च अदालतलाई स्थापित गरेको छ । संवैधानिक इजलासबाट गरिएको फैसलालाई हामीले कार्यान्वयन गर्ने निर्णय…

सर्वोच्च अदालतको निर्णय बाहिर आउने वित्तिकै राजीनामा गर्नुपर्थ्याे अहिलेसम्म पनि उहाँले राजीनामा गर्नुभएको छैन । म फेरिपनि यही अनलाइनबाट भन्न…

अदालतकै फैसला अनुसार छिट्टै प्रतिनिधि सभाको बैठक बस्दैछ र प्रतिनिधि सभाको बैठकबाट संविधान अनुसार नै अरु प्रक्रिया अगाडि बढ्ने छ…

काठमाडौं । नेपाल कम्युनिष्ट पाटी (नेकपा) ले आज विजय जुलुश निकाल्ने भएको छ। प्रतिनिधिसभा विघटनको विरुद्धमा सर्वोच्च अदालतमा रिट हालेको…

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले संसदीय दलको बैठक बोलाएको छ। सर्वोच्च अदालतले संसद विघटन बदर गरेपछि नेकपाले बैठक बोलाएको…