नेकपा स्थायी कमिटी बैठक आइतवारका लागि तय

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) काे स्थायी कमिटी बैठक आइतबार बस्ने भएको छ । नेकपा केन्द्रीय कार्यालय पेरिस डाँडामा शनिवार बसेकाे बैठकले स्थायी कमिटी बैठक आइतबारका लागि तय गरेकाे हाे ।
नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले दिनुभएकाे जानकारी अनुसार स्थायी कमिटी बैठक आइतबार १२ : ३० बजे बस्नेछ ।
प्रवक्ता श्रेष्ठका अनुसार शनिबार केन्द्रीय कार्यालय पेरिसडाँडाँमा उपलब्ध स्थायी कमिटी सदस्यहरु बीचमा पार्टीको ९ गतेको विरोध सभाको समिक्षा र आगामी कार्यक्रमबारे सामान्य छलफल भएकाे थियाे ।
आइतबार थप एजेण्डासहित स्थायी कमिटीको औपचारिक बैठक बस्ने श्रेष्ठकाे भनाइ छ।