Logo फाल्गुन १८, २०७७ मंगलबार


प्रधानमन्त्री ओलीलाई साधारण सदस्य समेत नरहने गरि निश्कासन गर्ने नेकपाको तयारी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई निश्कसन गर्ने भएको छ ।

नेकपाको आइतवार बस्ने स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीलाई नेकपाको साधारण सदस्य समेत नरहने गरि निश्कासन गर्ने विषयमा छलफल हुने सम्भावना रहेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।

दाहाल–नेपाल पक्षले ओलीलाई केही दिन अगाडि ३ दिनको समय दिएर स्पष्टिकरण मागेको थियो । बालुवाटारको गेटमा बुझाइएको उक्त स्पष्टिकरणपत्रको कुनै जवाफ नआएको बताइएको छ ।

शनिबार केन्द्रीय कार्यालय पेरिसडाँडाँमा उपलब्ध स्थायी कमिटी सदस्यहरुबीचको छलफलपछि आइतवार बैठक बोलाइएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । बैठक आइतबार १२ : ३० बजे बस्नेछ ।

यस्तै शनिवारको छलफलमा माघ ९ गतेको विरोध सभाको समीक्षा र आगामी कार्यक्रमबारे समेत सामान्य छलफल भएको श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार आइतबार थप एजेण्डासहित स्थायी कमिटी बैठकले नयाँ कार्यक्रम तय गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

नरेश न्यौपाने/टिप्पणी काठमाडौं । हुन त राजनीतिलाई विचित्रको खेल त्यसै कहाँ भनिएको हो र ? बेला बेला राजनीतिकर्मीहरुले गर्ने व्यक्तिगत…

हाल प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही अन्य पहाडी भूभागहरुमा आंशिक बदली रहेको महाशाखाको भनाइ छ।

खानपिनमा खर्च हुनेछ। पूरानो धन जम्मा हुनेछ। बाेलीले साथ दिनेछ।

मन्त्री गुरुङले प्रधानमन्त्री ओली नैतिकताको हिसाबले पनि राजीनामा गरेर भाग्न नपाउने तर्क गर्नुभयो ।

मन्त्रिपरिषदले गरेको सिफारिस अनुसार राष्ट्रपति भण्डारीले २३ गते आइतबार ४ बजेका लागि प्रतिनिधिसभाको बैठक आह्वान गर्नुभएको छ ।

आफू हरेक परिस्थितिको सामना गर्न पूर्ण रुपमा तयार रहेको तथा आफ्नो स्वभाव, आचरण पूर्ण लोकतान्त्रिक भएको उहाँकाे दाबी छ।