Logo फाल्गुन १८, २०७७ मंगलबार


डिफेन्डिङ च्याम्पियन बगरभाइ खलकले जित्यो ‘हेटौंडा भेट्रान्स कप’

पुष्पराज अधिकारी
मकवानपुर । हेटौंडामा जारी छैटौँ हेटौंडा भेट्रान्स कप एट ए साइड फुटबल प्रतियोगिताको उपाधि डिफेन्डिङ च्याम्पियन बगरभाइ खलक पोखराले जितेको छ । शनिबार भएको फाइनल खेलमा बगरभाइले १–० अन्तरमा पराजित गरेको हो ।

खेलको दोस्रो हाफको ४० औं मिनेटमा बगरभाइ खलकका मनोज गुरुङले गरेको गोलनै निर्णायक बन्यो । खेलको म्यान अफ द म्याच बगरभाइका नरेश श्रेष्ठ घोषित भए ।

विजेता र उपविजेता टिमलाई हेटौंडा उपमहानगरका मेयर हरिबहादुर महत र बागमती प्रदेश प्रहरी प्रमुख वसन्त लामाले नगद, शिल्ड र प्रमाण पत्र प्रदान गर्नुभएको थियो ।

प्रतियोगितामा विजेता बगरभाइ खलक पोखराले १ लाख १ हजार १ सय ११ नगदसहित शिल्ड र प्रमाण पत्र प्राप्त गरेका छन् भने उपविजेता सानो गौचरण काठमाडौंले नगद ५१ हजार १ सय ११ रुपैयाँ प्राप्त गरेको छ ।

खेलमा उत्कृष्ट मिडफिल्डर बगरभाइका राजकुमार केसी, उत्कृष्ट फरवर्ड बगरभाइका मनोज गुरुङ, उत्कृष्ट डिफेन्स सानो गौचरणका चुन बहादुर थापा, उत्कृष्ट गोलकिपर बगरभाइका दिलिप क्षेत्री उत्कृष्ट समूह कोच बगरभाइका अन्जन देवकोटा, उत्कृष्ट खेलाडी बगरभाइका इश्वर गुरुङ चन्द घोषित भएका थिए । उनीहरुले जनही ५ हजार पुरस्कार प्राप्त गरे ।

खेलाडीहरुलाई पुरस्कार वितरण गर्दै मेयर महतले आगामी दिनमा पनि हेटौंडा भेन्ट्रास कपमा सक्दो सहयोग गर्न उपमहानगरपालिका तयार रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष

नरेश न्यौपाने/टिप्पणी काठमाडौं । हुन त राजनीतिलाई विचित्रको खेल त्यसै कहाँ भनिएको हो र ? बेला बेला राजनीतिकर्मीहरुले गर्ने व्यक्तिगत…

हाल प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही अन्य पहाडी भूभागहरुमा आंशिक बदली रहेको महाशाखाको भनाइ छ।

खानपिनमा खर्च हुनेछ। पूरानो धन जम्मा हुनेछ। बाेलीले साथ दिनेछ।

मन्त्री गुरुङले प्रधानमन्त्री ओली नैतिकताको हिसाबले पनि राजीनामा गरेर भाग्न नपाउने तर्क गर्नुभयो ।

मन्त्रिपरिषदले गरेको सिफारिस अनुसार राष्ट्रपति भण्डारीले २३ गते आइतबार ४ बजेका लागि प्रतिनिधिसभाको बैठक आह्वान गर्नुभएको छ ।

आफू हरेक परिस्थितिको सामना गर्न पूर्ण रुपमा तयार रहेको तथा आफ्नो स्वभाव, आचरण पूर्ण लोकतान्त्रिक भएको उहाँकाे दाबी छ।