रेलमार्गमा टिकटक बनाउँदा एक युवाको मृत्यु

एजेन्सी । पाकिस्तानमा रेलको ठक्करबाट एक युवाको मृत्यु भएको प्रहरी स्रोतले शनिबार जानकारी दिएको छ । सामाजिक सञ्जाल प्रायः युवा युवतीहरुबीच प्रख्यात ‘टिकटक’ बनाउनको लागि रेलमार्गमा हिडिरहेका ती युवाको रेलको ठक्करबाट मृत्यु भएको हाे ।
पाकिस्तानको राजधानी शहर इस्लामाबादनजिकै शाह खालिदको छिमेकमा पर्ने रावलपिंडी शहरमा शुक्रबार सो दुर्घटना भएको विदेशी सञ्चारमाध्यमहरूले बताएका छन् ।
रेलमार्ग टिकटकको अभिनय गर्न व्यस्त १८ वर्षीय हमजा नाभेदको उनको साथीले टिकटक भिडियो बनाउँदै गरेको अवस्था रेलको ठक्करबाट मृत्यु भएको स्थानीय उद्वार एजेन्सीका प्रवक्ता राजा रफाकात जमानले जानकारी दिएका छन् ।
उद्वार कर्ताहरुले नाभेदलाई उद्वार गरेको अवस्थामा उनको मृत्यु भइसकेको पनि समाचारमा जनाइएको छ ।