Logo फाल्गुन १८, २०७७ मंगलबार


नेकपाका दुवै पक्षको दाबी निर्वाचन आयोगले नमान्‍ने

काठमाडौं । शनिवार जनतासमाचार डट्कम मा बागमती सफाइ अभियानको आठ वर्ष, फोहोर उस्तै (फोटोफिचर), प्रधानमन्त्री ओलीलाई साधारण सदस्य समेत नरहने गरि निश्कासन गर्ने नेकपाको तयारी, रेलमार्गमा टिकटक बनाउँदा एक युवाको मृत्यु, ‘व्यवस्था सिध्याउने प्रयासस्वरुप प्रतिनिधि सभा विघटन’ र बलात्कारको आरोपमा वडाध्यक्ष बोहोरा पक्राउ लगायतका समाचार प्रकाशित गरिए ।

आइतवार राजधानीबाट प्रकाशित पत्रपत्रिकाले पनि फरक–फरक विषयका समाचारलाई महत्वका साथ छापेका छन् । पत्रिकाहरूमा नेकपाका दुवै पक्षको दाबी निर्वाचन आयोगले नमान्‍ने, कानुनका विद्यार्थीको चिन्ता: अहिले प्रधानमन्त्रीको कदम सदर भए हरेक प्रधानमन्त्रीले संसद्को गला निमोठ्नेछन्, काउन्टर सभाको तयारीमा ओली समूह र प्रधानमन्त्रीको अभिमान: सबैलाई अपमान लगायतका शीर्षकमा प्रमुख समाचार प्रकाशित गरिएका छन् ।

कान्तिपुर दैनिक ले नेकपाका दुई पक्षले अलग–अलग ढंगले पार्टीमा गरेको फेरबदललाई निर्वाचन आयोगले पुनः अस्वीकार गर्ने भएको समाचारलाई महत्वका साथ छापेको छ । दलको विधानलाई आधार मानेर सोधिएका सवालमा दुवै पक्षले दिएको जवाफप्रति आयोग सन्तुष्ट हुन नसकेकोले आयोगले दुवै पक्षले पार्टीमा गरेको फेरबदललाई पुनः अस्वीकार गरेको समाचारमा लेखिएको छ ।

समाचारअनुसार आयोगले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली तथा अर्का अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षले लिएका निर्णय दलको विधानसम्मत नरहेको पनि प्रष्ट पारेको छ । दुवै पक्षबाट पार्टीमा गरिएका फेरबदल दलको विधानअनुसार मेल नखाएको र आफ्नो निर्णय तथा कामकारबाहीलाई विधानअनुकूल दाबी गरे पनि त्यो नमिलेको निर्वाचन आयोगले निष्कर्श निकालेको भन्दै पत्रिकामा समाचार छापिएको छ । २-३ दिनभित्र बस्ने बैठकले दुवै पक्षको मागदाबीलाई अस्वीकार गर्ने निर्णय लिने पनि समाचारमा उल्लेख छ । आयोगले दुवै पक्षको निर्णयलाई अवैधानिक भन्दै त्यसलाई अस्वीकार गर्नुको अर्थ औपचारिक रूपमा नेकपा एउटै रहेको मानिने समाचार विश्लेषण छ ।

आजको नयाँ पत्रिका मा प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत ५ पुसमा ‘प्रतिनिधिसभा विघटन’ गरेपछि यो कदम संविधानअनुरूप वा विपरीत भन्ने विषयमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस चलिरहेको सन्दर्भमा मुख्य समाचार  छ । प्रधानमन्त्रीको कदम असंवैधानिक भन्दै सर्वोच्चमा १३ रिट परेका छन्, इजलासमा रिटमाथि बहस जारी छ ।

पत्रिकाले बहसको सबैभन्दा सुन्दर पक्ष भन्दै ९४ वर्षीय वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीदेखि २५ वर्षीय युवा समृत खरेलसम्म संवैधानिक इजलासमा उपस्थित भएको खबरलाई प्राथमिकताका साथ छापेको छ । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदम सदर भएमा भविष्यमा हरेक प्रधानमन्त्रीले संसदको गला निमोठ्नेछन् भनेर यी दुवै पुस्ता चिन्तित रहेको समाचारमा उल्लेख छ । प्रधानमन्त्रीको अभिमान: सबैलाई अपमान शीर्षककाे समाचार पनि मुख्य समाचारकाे रूपमा प्रकाशित छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ओली र नेपाल–दाहाल समूहले एकअर्काविरुद्ध काउन्टर आमसभा गर्न थालेको समाचारलाई नागरिक दैनिक ले शीर्ष समाचार बनाएको छ । समाचारमा नेपाल–दाहाल समूहले राजधानीमा शुक्रबार विशाल आमसभा गरेपछि ओली समूहले पनि बागमती प्रदेश कमिटीको आयोजनामा २३ गते काउन्टर आमसभा गर्ने भएको उल्लेख छ ।

प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल–दाहाल समूहले देशभर विभिन्न कार्यक्रमसहित आमसभा गर्न थालेपछि ओली समूहले पनि काउन्टरमा त्यस्तै प्रकृतिका कार्यक्रम तय गरेको समाचारमा लेखिएको छ । त्यस्तै, आकर्षित होला आवश्यकताको सिद्धान्त र जोगिएलान् मुख्यमन्त्री पोखरेल जस्ता अन्य महत्वपूर्ण समाचारलाई पनि पत्रिकाले महत्वका साथ छापेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्
विशेष

नरेश न्यौपाने/टिप्पणी काठमाडौं । हुन त राजनीतिलाई विचित्रको खेल त्यसै कहाँ भनिएको हो र ? बेला बेला राजनीतिकर्मीहरुले गर्ने व्यक्तिगत…

हाल प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही अन्य पहाडी भूभागहरुमा आंशिक बदली रहेको महाशाखाको भनाइ छ।

खानपिनमा खर्च हुनेछ। पूरानो धन जम्मा हुनेछ। बाेलीले साथ दिनेछ।

मन्त्री गुरुङले प्रधानमन्त्री ओली नैतिकताको हिसाबले पनि राजीनामा गरेर भाग्न नपाउने तर्क गर्नुभयो ।

मन्त्रिपरिषदले गरेको सिफारिस अनुसार राष्ट्रपति भण्डारीले २३ गते आइतबार ४ बजेका लागि प्रतिनिधिसभाको बैठक आह्वान गर्नुभएको छ ।

आफू हरेक परिस्थितिको सामना गर्न पूर्ण रुपमा तयार रहेको तथा आफ्नो स्वभाव, आचरण पूर्ण लोकतान्त्रिक भएको उहाँकाे दाबी छ।