Logo फाल्गुन १८, २०७७ मंगलबार


के राष्ट्रपति प्रधानमन्त्रीका गल्ती र अपराध छोप्ने संस्था हो ?

रोल्पा। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य वर्षमान पुनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रधानमन्त्री केपी ओलीले मुलुक र जनताविरुद्ध गरेका अपराधहरू छोप्ने काम गरेको दाबी गर्नुभएको छ । राष्ट्रपति भण्डारीलाई ओलीको जालसाँजी, षड्यन्त्र, धाँधली र तिकडममा सहयोगीको भूमिका नखेल्न पुनले आग्रह गर्नुभएकाे हाे ।

रोल्पाको होलेरीमा शनिबार आयोजित सभालाई सम्बोधन गर्दै पुनले भन्नुभयो, ‘देशको अभिभावकका रूपमा निर्वाचित जनताको छोरी राष्ट्रपतिका रूपमा बस्नुभएको छ, ‘के राष्ट्रपति प्रधानमन्त्रीका गल्ती र अपराध छोप्ने संस्था हो ? त्यो रूपमा सेटिङमा चल्न दिन्छ संविधानले ? के राजनीतिक नैतिकताले मिल्छ ?’

प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतमा बुझाएको जवाफमा प्रतिनिधिसभा विघटनको सिफारिस गर्दा लेखेको पत्रमा संविधानको धारा, उपधारा उल्लेख नगरेको पाइएको, तर राष्ट्रपतिले संसद् विघटन सदर गरेको पत्रमा संविधानको धारा ७६ (१), धारा (८५) उल्लेख गरेको चर्चा गर्दै पुनले राष्ट्रपतिको भूमिका सन्देहात्मक देखिएको उल्लेख गर्नुभयो । ‘प्रधानमन्त्रीले संविधानको धारा उल्लेख नगर्ने, तर राष्ट्रपतिले गर्ने ? यो मिलोमतोजस्तो देखियो भन्ने प्रश्न अधिवक्ताहरूले इजलासमा उठाएपछि हतार–हतार फाइल परिवर्तन गरियो’ उहाँको भनाइ छ ।

ओली र ओली गुटका मानिसले सर्वोच्च अदालत र निर्वाचन आयोगमा सेटिङ मिलाएकाले प्रतिनिधिसभा विघटन सदर हुने र सूर्य चुनाव चिह्न र दलको मान्यता आफूले पाउने भन्दै हिँडेकोमा पनि पुनले आपत्ति जनाउनुभयो । स्वेच्छाचारी र अवैधानिक रूपमा गरिएको प्रतिनिधिसभा विघटनविरुद्ध ओली समूहबाहेक सबै दल, सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश, पूर्वन्यायाधीश, नागरिक अगुवा, सामाजिक अभियन्ता, कानुन व्यवसायी, कानुनविद्, सञ्चारमाध्यम र आमजनताको एउटै आवाज रहेको भन्दै उहाँले सर्वोच्चले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने विश्वास व्यक्त गर्नुभयो ।

पूर्वमन्त्री समेत रहनुभएका नेता पुनले ७० प्रतिशत केन्द्रीय सदस्यको समर्थन रहेको प्रचण्ड–माधव नेपाल नेतृत्वको पार्टी नेकपाको मूलधार रहेकाले आधिकारिकता र निर्वाचन चिह्न पाउनेमा शंका नरहेको पनि प्रष्ट पार्नुभयो । स्वतन्त्र न्यायालय र संवैधानिक निकायप्रति आफूहरूको विश्वास र आस्था रहेको भन्दै पुनले गैरन्यायिक फैसला र निर्णय भए अस्वीकार्य हुने चेतावनी पनि दिनुभएको छ । ‘संविधान र कानुनको मर्म, भावना र अक्षरका आधारमा निर्णय होस्’, पुनले भन्नुभयो, ‘यदि केपी ओली र ओली गुटले भनेजस्तै सेटिङमा फैसला आए जनता सडकमा उत्रनेछन् ।’

प्रतिक्रिया दिनुहोस्
विशेष

संसद बैठकका एजेण्डाहरुको सम्बन्धमा सम्बद्ध सबै पक्षसँग तालिकाबद्ध रुपमा विचार, विमर्श र परामर्श गर्ने स्पष्ट पार्नुभयो ।

मन्त्री आलेले वैज्ञानिक वन कार्यक्रम खारेजका लागि वन मन्त्रालयका सबै कर्मचारीहरुको सहयोग र साथ पाएको भन्दै मन्त्रालयका कर्मचारीहरुको प्रशंसा पनि…

नरेश न्यौपाने/टिप्पणी काठमाडौं । हुन त राजनीतिलाई विचित्रको खेल त्यसै कहाँ भनिएको हो र ? बेला बेला राजनीतिकर्मीहरुले गर्ने व्यक्तिगत…

हाल प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही अन्य पहाडी भूभागहरुमा आंशिक बदली रहेको महाशाखाको भनाइ छ।

खानपिनमा खर्च हुनेछ। पूरानो धन जम्मा हुनेछ। बाेलीले साथ दिनेछ।

मन्त्री गुरुङले प्रधानमन्त्री ओली नैतिकताको हिसाबले पनि राजीनामा गरेर भाग्न नपाउने तर्क गर्नुभयो ।