Logo फाल्गुन १२, २०७७ बुधबार


राजपत्रको आधिकारिकता जाँच गर्न माग गर्दै सर्वोच्चमा निवेदन

काठमाडौं । प्रतिनिधि सभा विघटनको सूचना छापिएको राजपत्रको आधिकारितकता जाँच गर्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन परेको छ । पुस ५ गते भएको प्रतिनिधि सभा विघटनको सूचना माघ ५ गते मात्र प्रकाशित भएको भन्दै त्यसको आधिकारिकताका बारेमा छानविन गर्न माग गर्दै संवैधाकिन इजलासमा निवेदन परेको हो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका नेताहरु कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ लगायतले संवैधानिक इजलासमा राजपत्रमा प्रकाशित सूचनाको आधिकारिकताको छानविन गर्न माग गर्दै निवेदन दिएको सर्वोच्च स्रोतले बताएको छ ।

पुस ५ गते भएको प्रतिनिधि सभा विघटनको सूचना राजपत्रमा प्रकाशित नभएको र संवैधानिक इजलासले यसबारेका प्रश्न गरेपछि माघ ५ गते अतिरिक्ताङ्कमार्फत सूचना प्रकाशित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

सभापति देउवाले नेपालमा न्याय र प्रजातन्त्रको जित भएको बताउनुभयो ।

'नेपालको संविधानले संविधानको अन्तिम व्याख्याताको रुपमा सर्वोच्च अदालतलाई स्थापित गरेको छ । संवैधानिक इजलासबाट गरिएको फैसलालाई हामीले कार्यान्वयन गर्ने निर्णय…

सर्वोच्च अदालतको निर्णय बाहिर आउने वित्तिकै राजीनामा गर्नुपर्थ्याे अहिलेसम्म पनि उहाँले राजीनामा गर्नुभएको छैन । म फेरिपनि यही अनलाइनबाट भन्न…

अदालतकै फैसला अनुसार छिट्टै प्रतिनिधि सभाको बैठक बस्दैछ र प्रतिनिधि सभाको बैठकबाट संविधान अनुसार नै अरु प्रक्रिया अगाडि बढ्ने छ…

काठमाडौं । नेपाल कम्युनिष्ट पाटी (नेकपा) ले आज विजय जुलुश निकाल्ने भएको छ। प्रतिनिधिसभा विघटनको विरुद्धमा सर्वोच्च अदालतमा रिट हालेको…

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले संसदीय दलको बैठक बोलाएको छ। सर्वोच्च अदालतले संसद विघटन बदर गरेपछि नेकपाले बैठक बोलाएको…