२०४७ को संविधान र राजसंस्था तत्काल पुनःस्थापना गर्न माग

काठमाडौं । विसं. २०४७ को संविधान र राजसंस्था पुनःस्थापनको माग गर्दै माइतीघरमा जुलुस निकालिएको छ ।
देशभक्त प्रजातान्त्रिक गठवन्धन तथा संयुक्त आन्दोलन समितिले २०४७ सालको संविधान तत्काल लागु गर्न माग गर्दै जुलुस निकालेको हो ।
माइतीघर मण्डलबाट निकालिएकाे जुलुसमा भाडाका कार, ट्याक्सी तथा माेटरसाइकलसहितकाे सानाे समूह रहेकाे छ । जुलुसमा राजसंस्था पुनः स्थापना गर, २०४७ सालकाे संविधान तत्काल लागू गर जस्ता नारा लगाइएकाे छ ।