Logo फाल्गुन १२, २०७७ बुधबार


सबै नागरिकलाई कोरोनाविरुद्धको खोप निःशुल्क, ५० अर्ब बजेट लाग्ने अनुमान

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले सबै नागरिकलाई कोरोनाविरुद्धको खोप निःशुल्क उपलब्ध गराउन सरकारले तयारी पूरा गरेको बताउनुभएको छ ।

अर्थमन्त्रीको जिम्मेवारी सम्हालेको सय दिन पुरा भएको सन्दर्भमा पौडेलले सबै नागरिकलाई कोरोनाविरुद्धको खोप निःशुल्क उपलब्ध गराउने प्रतिवद्धता पूरा गर्न ४० अर्ब रुपैयाँ जुटाएको बताउनुभएको छ । योसँगै कोरोना जोखिमबाट नागरिकलाई जोगाउन सकिने उहाँले दाबी गर्नुभयो ।

अर्थमन्त्रालयले विदेशी दाताहरूसँग पहल गरेर ४० अर्ब जुटाएको उहाँले बताउनुभयो । मन्त्री पौडेलले सबै नागरिकलाई कोरोनाविरुद्धको खोप निःशुल्क लगाउन ५० अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको जानकारी दिनुभयो । अपुग १० अर्ब रुपैयाँ रकम जुटाउन समन्वय भइरहेको पनि अर्थमन्त्री पौडेलले जानकारी दिनुभयो ।

भारतले दश लाख डोज खोप अनुदानमा दिइसकेको र चीनबाट पनि त्यस्तो सहयोग आउने क्रममा रहेको उहाँले बताउनुभयो । सरकार गुणस्तर, उपलब्धता, मूल्य र अनुकुलता हेरेर खोप खरिद गर्ने तयारीमा रहेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

सभापति देउवाले नेपालमा न्याय र प्रजातन्त्रको जित भएको बताउनुभयो ।

'नेपालको संविधानले संविधानको अन्तिम व्याख्याताको रुपमा सर्वोच्च अदालतलाई स्थापित गरेको छ । संवैधानिक इजलासबाट गरिएको फैसलालाई हामीले कार्यान्वयन गर्ने निर्णय…

सर्वोच्च अदालतको निर्णय बाहिर आउने वित्तिकै राजीनामा गर्नुपर्थ्याे अहिलेसम्म पनि उहाँले राजीनामा गर्नुभएको छैन । म फेरिपनि यही अनलाइनबाट भन्न…

अदालतकै फैसला अनुसार छिट्टै प्रतिनिधि सभाको बैठक बस्दैछ र प्रतिनिधि सभाको बैठकबाट संविधान अनुसार नै अरु प्रक्रिया अगाडि बढ्ने छ…

काठमाडौं । नेपाल कम्युनिष्ट पाटी (नेकपा) ले आज विजय जुलुश निकाल्ने भएको छ। प्रतिनिधिसभा विघटनको विरुद्धमा सर्वोच्च अदालतमा रिट हालेको…

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले संसदीय दलको बैठक बोलाएको छ। सर्वोच्च अदालतले संसद विघटन बदर गरेपछि नेकपाले बैठक बोलाएको…