मुख्यमन्त्री राईको विवाह, पर्यटन मन्त्री ढकाल जन्ती

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई वैवाहिक बन्धनमा बाँधिनुभएको छ । सधैँजसो राजनीतिक रुपमा चर्चामै रहने मुख्यमन्त्री राई विवाहको मामिलामा पनि चर्चाको शिखरमै पुग्नू भएको छ ।
४९ वर्षीय राईले आफूभन्दा २९ वर्ष कान्छी युवती मोडल जाङ्मु शेर्पासँग लगन गाँठो कसेर चर्चामा रहुनभएको छ । राई र शेर्पाबीच केही समयदेखि प्रेम सम्बन्धमा रहेको बताइएको छ ।
आज भएको विवाहको जन्तीमा पर्यटन मन्त्री भानुभक्त ढकालसहित नेकपाका केही नेता तथा पारिवारिक सदस्यहरू रहेका छन् ।
आफ्नो समुदायको परम्परागत पोशाकमा सजिएका राई करिब ११ बजेतिर वैवाहिक समारोह स्थलमा प्रवेश गर्नुभएको थियो ।