मुख्यमन्त्री शेरधन राई विवाह बन्धनमा बाँधिदै,पहिलो तस्बिर सार्वजनिक

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको आज विवाह हुँदैछ ।
५० वर्षीय राईले मोडल ज्याङ्मु शेर्पासँग विवाह गर्न लागेका हुन् । भोजपुरका मुख्यमन्त्री राई र संखुवासभाकी ज्याङ्मुबीच प्रेम विवाह हुन लागेको हो।
राई र शेर्पाबीचको विवाह कार्यक्रम काठमाडौंको एलिस पार्टी प्यालेसमा भैरहेको छ । विवाहमा विभिन्न क्षेत्रका गरि करिब ५ सय जनालाई निम्ता गरिएको छ । पार्टी प्यालेसमा शनिवारदेििख नै विवाह समारोहको तयारी गरिएको थियो ।
यसैबीच राई र शेर्पाको विवाहको पहिलो तस्बिर सार्वजनिक भएको छ । बेहुली शर्पाको अफिसियल फेसबुक पेज मार्फत फोटो सार्वजनिक गरिएको हो । अलि मधुरो पारेर पोष्ट गरिएको उक्त तस्बिरमा दुलाहा मुख्यमन्त्री राई कालो शुटमा देखिन्छ । छ ।