Logo फाल्गुन १२, २०७७ बुधबार


राष्ट्रिय जनगणनाका लागि ४७ हजार कर्मचारी माग, अनलाइनबाट दरखास्त दिन सकिने

काठमाडाैं । राष्ट्रिय जनगणना, २०७८ का लागि गणक तथा सुपरिपेक्षक पदमा दरखास्त आव्हान भएको छ । केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना, २०७८ को लागि करारमा गणक तथा सुपरिवेक्षक पदमा अनलाइनमार्फत दरखास्त आव्हान गरेको हो ।

विभागले आइतबार पत्रकार सम्मेलन आयोजना गरी करारमा गणक तथा सुपरिवेक्षक भर्ना आवेदन आव्हान गरिएको बताएको हो । विभागले करिब ३९ हजार गणक र ८ हजार सुपरिवेक्षक करारमा भर्ना लन लागेको जानकारी समेत गराएको छ । करारका जनशक्ति अपुग भएमा स्थानीय सार्वजनिक विद्यालयका शिक्षक र सरकारी कर्मचारीको प्रयोग गरी जनणना गरिने विभागको भनाइ छ ।

२०७७ चैत्र ११ गतेदेखि ६० दिनभित्र अनलाइन दरखास्त भर्न सकिने तथा अनलाइनको पहुँच नहुनेहरुका लागि चैत्र ५ गतेदेखि चैत्र ११ गतेसम्म प्रदेश तथा जिल्ला जनगणना कार्यक्रममा दरखास्त फारम भरी बुझाउन सकिने व्यवस्था गरिएको केन्द्रीय तथ्याङ्क विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले बताउनुभयो । जनगणना विभिन्न प्रविधि अपनाई गरिने उहाँको भनाइ छ । मानिसको जनगणनाको अलावा व्यावसायिक प्रयोजनका लागि पालिएका पशुपन्छीको समेत जनगणना गरिने उहाँले बताउनुभयो ।

अनलाइन दरखास्त केन्द्रीय तथ्यांक विभागको वेवसाइट अन्तर्गतकाे सवडोमेन तथा केन्द्रीय तथ्याङ्क विभागको वेवसाइटमा गएर भर्ना सकिनेछ । राष्ट्रिय योजना आयोगका सचिव केवल प्रसाद भण्डारीले गणक तथा सुपरिवेक्षक स्थानीय तहकै जनशक्तिबाट गर्ने तथा स्थानीय तहमै तालिमको व्यवस्था गरिने बताउनुभयो । अघिल्लो जनगणनामा भन्दा यसपटक ८ वटा बढी आधारभुत प्रश्नहरु राखिएको उहाँको भनाइ छ ।

राष्ट्रिय जनगणना २०७८, नेपालको बाह्रौँ जनगणना हो । नेपालमा विसं. १९६८ देखि जनगणना प्रारम्भ भएको हो । बाह्रौँ जनगणना २०७८ जेठ देखि असारसम्म सञ्चालन हुने पनि विभागले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

सभापति देउवाले नेपालमा न्याय र प्रजातन्त्रको जित भएको बताउनुभयो ।

'नेपालको संविधानले संविधानको अन्तिम व्याख्याताको रुपमा सर्वोच्च अदालतलाई स्थापित गरेको छ । संवैधानिक इजलासबाट गरिएको फैसलालाई हामीले कार्यान्वयन गर्ने निर्णय…

सर्वोच्च अदालतको निर्णय बाहिर आउने वित्तिकै राजीनामा गर्नुपर्थ्याे अहिलेसम्म पनि उहाँले राजीनामा गर्नुभएको छैन । म फेरिपनि यही अनलाइनबाट भन्न…

अदालतकै फैसला अनुसार छिट्टै प्रतिनिधि सभाको बैठक बस्दैछ र प्रतिनिधि सभाको बैठकबाट संविधान अनुसार नै अरु प्रक्रिया अगाडि बढ्ने छ…

काठमाडौं । नेपाल कम्युनिष्ट पाटी (नेकपा) ले आज विजय जुलुश निकाल्ने भएको छ। प्रतिनिधिसभा विघटनको विरुद्धमा सर्वोच्च अदालतमा रिट हालेको…

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले संसदीय दलको बैठक बोलाएको छ। सर्वोच्च अदालतले संसद विघटन बदर गरेपछि नेकपाले बैठक बोलाएको…