Logo फाल्गुन १६, २०७७ आइतबार


भ्रष्टाचार सम्बन्धी सर्वेक्षणको प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले भ्रष्टाचार सम्बन्धी सर्वेक्षणको प्रतिवेदन छिटो सार्वजनिक गर्न भन्सार विभागसँग माग गर्नुभएको छ । भन्सार विभागले गरेको सर्वेक्षण सराहनीय भएको तर प्रतिवेदन सार्वजनिक नभएको भन्दै छिटो सार्वजनिक गर्न माग गर्नुभएको हो ।

अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा आइतबार महासंघको कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले विभागले गरेको उक्त सर्वेक्षणमा आफूले पनि सहभागिता जनाउन पाएको तर अहलेसम्म प्रतिवेदन हेर्न नपाएको गुनासो गर्नुभएको हो । प्रतिवेदन सार्वजनिक भए जनसमुदायमा सकारात्मक सन्देश जाने पनि गोल्छाको भनाइ छ ।

यस्तै, भन्सारबाट छुटेको समान राजस्व अनुसन्धान विभागले बाटोमा रोक्ने गरेको गुनासो पनि अध्यक्ष गोल्छाले गर्नुभयो । यसबाट व्यापारीहरु त्रसित हुने मात्र नभई व्यावसायिक विकृति समेत उत्पन्न हुने खतरा बढेको बताउनुभयो । भन्सार मूल्याङ्कन र वर्गीकरण यथार्थपुरक हुनुपर्नेमा समेत अध्यक्ष गोल्छाले जोड दिनुभयो ।

कार्यक्रममा अर्थ मन्त्रालयका राजस्व सचिव रामशरण पुडासैनीले सरकार व्यावहारिक रुपमा निजी क्षेत्र मैत्री रहेको बताउनुभएको छ । निजी क्षेत्रको समस्या सरकारले नसुनिकन र निजी क्षेत्रको आवश्यकता अनुसार कानुनहरु संसोधन नभएसम्म आर्थिक विकासका गतिविधि बढ्न नसक्ने स्पष्ट पार्नुभयो ।

कार्यक्रममा उद्योगी व्यवसायीहले भन्सार सम्बन्धमा भएका विवाद समाधान गर्न संयन्त्र निर्माण गर्न माग गरेका छन् । सरकार र निजी क्षेत्र एक अर्काका परिपूरक भएकाले निजी क्षेत्रको विकास विना मुलुकमा आर्थिक विकास सम्भवन नभएको पनि उद्योगी व्यवसायीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

जिल्ला अस्पतालहरुको भवन निर्माणको क्रम जारी रहेको बताउँदै उहाँले जनशक्ति र उपकरणको पर्याप्त उपलब्धताका लागि प्रदेश सरकारले काम गरिरहेको बताउनुभयो…

बहुमत केन्द्रीय कमिटीको बैठक गरेर प्रधानमन्त्री ओलीलाई कारबाही गर्ने नेता रावलकाे भनाइ छ।

मन्त्रिपरिषद् बैठकले प्रतिनिधि सभा बैठक फागुन २३ गते बोलाउनको लागि राष्ट्रपति समक्ष सिफारिस गरिसकेको भए पनि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि…

प्रचण्डले भारतसँगको सम्बन्ध र सरकार निर्माणका बारेमा मात्रै बोल्नुभएको क्लिप कटिङ गरी विरोधीहरुले विरोध गरिरहेका छन् ।

प्रचण्डले भारतसँगको सम्बन्ध र सरकार निर्माणका बारेमा मात्रै बोल्नुभएको क्लिप कटिङ गरी विरोधीहरुले विरोध गरिरहेका छन् ।

शनिवारको कार्यक्रमा पन्तले वलीमाथि टिप्पणी गर्दै ‘कोमल वलीले सारी सर्काएर गोरा पिँडुला देखाएर पोइला जान पाम् भनेपछि सांसद’ पद पाएको…