Logo फाल्गुन १८, २०७७ मंगलबार


अधिवक्ता भण्डारीमाथि ‘ओली व्यंग्य’ को चौतर्फी आलोचना

काठमाडौं । आइतवार जनतासमाचार डट्कम मा भ्रष्टाचार सम्बन्धी सर्वेक्षणको प्रतिवेदन सार्वजनिक गर्न माग, नेकपाको साबिककै विवरण कायम राख्ने निर्वाचन आयोगको निर्णय, ओली र दाहाल नै अध्यक्ष, यातायात कार्यालयमा हाकिमभन्दा दलाल बलिया र मुख्यमन्त्री राईको विवाह, पर्यटन मन्त्री ढकाल जन्ती लगायतका समाचार प्रकाशित गरिए ।

सोमवार राजधानीबाट प्रकाशित पत्रपत्रिकाले पनि फरक–फरक विषयका समाचारलाई महत्वका साथ छापेका छन् । पत्रिकाहरूमा ९४ वर्षीय वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीबारे प्रधानमन्त्री केपी ओलीले गरेको व्यंग्यको चातर्फी आलोचना, आयोगले मानेन नेकपाको फेरबदल, प्रहरीबाट किन कुटिन्छन् यौनिक अल्पसंख्यक ? र राजपत्रमा प्रकाशित सूचनाको आधिकारिकताबारे प्रश्न लगायतका शीर्षकमा प्रमुख समाचार प्रकाशित गरिएका छन् ।

नयाँ पत्रिका दैनिकले नेपाल बार एसोसिएसनका पूर्वअध्यक्षसमेत रहेका ९४ वर्षीय वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीबारे प्रधानमन्त्री केपी ओलीले गरेको व्यंग्यको चातर्फी आलोचना बढेको विषयलाई प्रमुख समाचार बनाएको छ । यस सम्बन्धीको समाचार ‘प्रधानमन्त्रीले वरिष्ठ अधिवक्ताप्रति गरेको अपमानको विरोधमा उत्रिए बार र बारका पूर्वअध्यक्षहरू’ शीर्षकमा प्रथम पृष्ठमा छ । समाचारमा प्रतिनिधिसभा विघटनका विरुद्धमा बहस गरेपछि ओलीले भण्डारीप्रति व्यंग्य गर्दै ‘एकजना बाजे वकिल तमासा देखाउन सर्वोच्च लगेछन्’ भन्नुभएको उल्लेख छ ।

प्रधानमन्त्रीको यस अभिव्यक्तिप्रति नेपाल बारसहित कानुन व्यवसायीहरूका विभिन्न संघसंस्थाले विज्ञप्ति जारी गर्दै विरोध जनाएका हुन् । आइतबारको संवैधानिक इजलासमा पनि कानुन व्यवसायीले प्रधानमन्त्रीले अदालतको मानहानि गरेको भन्दै आपत्ति जनाएको समाचारमा लेखिएको छ । समाचारअनुसार नेपाल बारका महासचिव लीलामणि पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्रीज्यूको अमर्यादित, अपमानजनक र असहिष्णु अभिव्यक्तिप्रति नेपाल बार एसोसिएसन गम्भीर आपत्ति र खेद व्यक्त गर्दछ । उक्त अभिव्यक्तिप्रति तत्काल सार्वजनिक रूपमा माफी माग्नसमेत सम्माननीय प्रधानमन्त्रीज्यूसँग जोडदार माग गर्दछौँ ।’

आजको कान्तिपुर दैनिक ले नेपाल सरकारको अनुमतिबिनै एजेन्टले कतारी प्रहरी सेवाका लागि अवैध रूपमा नेपाली युवा लैजान थालेको समाचारलाई शीर्ष समाचार बनाएको छ । समाचारमा म्यानपावर कम्पनीसँगको मिलेमतोमा कतारी प्रतिनिधिले अन्तर्वार्ता लिई छनोट गरेका युवाले सरकारबाट श्रम स्वीकृति नपाएपछि उनीहरूलाई भारतीय बाटो हुँदै कतार लैजान थालिएको उल्लेख छ ।

कतारले पहिलो चरणमा गत फागुनमा वैधानिक रूपमै १ सय ७९ जना युवालाई लगेको तर, दोस्रो चरणमा नेपालको सरकारी प्रक्रिया लत्याउँदै ३ सय युवालाई लैजान अवैध अन्तर्वार्ता लिएको समाचारमा लेखिएको छ । वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले यसाे गरेर कतार सरकारले नेपाललाई हेपेको बताउनुभएको छ । कतारबाटै श्रम सम्झौता उल्लंघन भएको र यसले निकै दुखित बनाएको दाहालको भनाइ पत्रिकाले छापेको छ । पत्रिकामा ‘आयोगले मानेन नेकपाको फेरबदल’ शीर्षकको समाचारलाई पनि महत्वका साथ छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

नरेश न्यौपाने/टिप्पणी काठमाडौं । हुन त राजनीतिलाई विचित्रको खेल त्यसै कहाँ भनिएको हो र ? बेला बेला राजनीतिकर्मीहरुले गर्ने व्यक्तिगत…

हाल प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही अन्य पहाडी भूभागहरुमा आंशिक बदली रहेको महाशाखाको भनाइ छ।

खानपिनमा खर्च हुनेछ। पूरानो धन जम्मा हुनेछ। बाेलीले साथ दिनेछ।

मन्त्री गुरुङले प्रधानमन्त्री ओली नैतिकताको हिसाबले पनि राजीनामा गरेर भाग्न नपाउने तर्क गर्नुभयो ।

मन्त्रिपरिषदले गरेको सिफारिस अनुसार राष्ट्रपति भण्डारीले २३ गते आइतबार ४ बजेका लागि प्रतिनिधिसभाको बैठक आह्वान गर्नुभएको छ ।

आफू हरेक परिस्थितिको सामना गर्न पूर्ण रुपमा तयार रहेको तथा आफ्नो स्वभाव, आचरण पूर्ण लोकतान्त्रिक भएको उहाँकाे दाबी छ।