Logo फाल्गुन २१, २०७७ शुक्रबार


सगरमाथा क्षेत्र घुम्‍न पीसीआर रिपोर्ट नचाहिने

काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाले पर्यटकलाई अनिवार्य गरेको पीसीआर नेगेटिभ रिपोर्टको नियम हटाएको छ । यससँगै अब लुक्ला हुँदै सगरमाथा क्षेत्र जाने पर्यटकलाई पीसीआरको रिपोर्ट नचाहिने भएको छ ।

खुम्बु पासाङल्हामु गाउँपालिकाले निर्माण गरेको सगरमाथा पदमार्ग गाउँपालिकाले भदौ १० मा सूचना जारी गर्दै सगरमाथालगायत खुम्बु क्षेत्रका हिमाल आरोहण, पदयात्रासहितका पर्यटकीय गतिविधिमा संलग्न हुन पीसीआर नेगेटिभ भएको रिपोर्ट चाहिने निर्णय गरेको थियो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद भट्टराईका अनुसार कुनै व्यक्तिमा लक्षण देखिएमा वा शंका लागेमा लुक्लाको निकोल निक्की अस्पतालमा एन्टिजिन परीक्षण गराइने व्यवस्था मिलाइएको छ । कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

ध्यानाकर्षण पत्रमा पार्टीको आधिकारिकता विवाद शीघ्र छिनोफानो गर्न आग्रह गरिएको छ ।

‘नेकपा अहिले संक्रमणको अवस्थामा छ, देशभरका नेता तथा कार्यकर्ताहरुको चाहनाबमोजिम पार्टी एकताका लागि अघि बढ्नुको विकल्प छैन ।’

फागुन २३ गते बस्ने प्रतिनिधि सभा बैठकमा कसरी प्रस्तुत हुने भन्ने सम्बन्धमा रणनीति बनाउनका लागि संसदीय दलको बैठक बोलाइएको हो।

उहाँले आगलागी पीडितहरूको पुनःस्थापना र सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन पहल गर्ने बताउनुभयो ।

संसदीय दलको कार्यालय सिंहदरबारमा आज (शुक्रवार) बसेको संसदीय दलको बैठकले उहाँलाई नेतामा सर्वसम्मत रुपमा चयन गरेको हो ।

हस्ताक्षर कार्यक्रममा उपप्रधान एंव रक्षामन्त्री ईश्वर पोखरेल लगायत सरकारका मन्त्रीहरुको उपस्थिति थियो ।