Logo फाल्गुन १३, २०७७ बिहीबार


चीनले भित्र्यायो २०२० मा सबैभन्दा धेरै वैदेशिक लगानी

काठमाडौं । चीन २०२० मा सबैभन्दा धेरै वैदेशिक लगानी मुलुक बनेको छ । कोरोना महामारीको उद्गमस्थल भए पनि चीनले सन् २०२० मा सबैभन्दा धेरै प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) भित्र्याएको छ। संयुक्त राष्ट्रसंघीय संस्था युएनसिटिएडीले आइतबार सार्वजनिक गरेको रिपोर्टअनुसार चीनमा गत वर्ष १ सय ६३ अर्ब अमेरिकी डलर एफडिआई भित्रिएको छ ।

युएनसिटिएडीका अनुसार अमेरिकामा भने बाहिरका लगानीकर्ताले १ सय ३४ अर्ब डलर लगानी गरेको पाइएको छ । सन् २०१९ मा अमेरिकाले २ सय ५१ अर्ब डलर वैदेशिक लगानी भित्र्याएको थियो भने चीनमा १ सय ४० अर्ब डलरमात्र आएको थियो। चिनियाँ अर्थतन्त्रले आर्थिक वर्षको चौंथो त्रैमासमा राम्रो गति समातेको थियो। त्यही प्रगतिका कारण पहिलो त्रैमासमा खुम्चिएको चिनियाँ अर्थतन्त्रले गत वर्ष २.३ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गरेको थियो।

यससँगै चीन संसारभरि कोरोना महामारी फैलिएका बेला सन् २०२० मा सकारात्मक आर्थिक वृद्धि गर्ने ठूला अर्थतन्त्रमध्येको एकमात्र राष्ट्र बनेको छ। अमेरिकासँगको व्यापार युद्ध जारी रहेको र सबैभन्दा पहिला कोरोनाभाइरसको महामारी खेपेको चीनले अर्थतन्त्रमा गरेको सुधार उल्लेखनीय मानिएको छ ।

गतवर्ष संसारभरिको एफडिआईमा अघिल्लो वर्षभन्दा ४२ प्रतिशतले कमी आएको छ। सन् २०१९ मा १५ खर्ब डलर वैदेशिक लगानी भएकोमा गत वर्ष झन्डै ८ सय ५९ अर्ब डलरमात्र लगानी भएको देखिएको थियो ।

सन् २०१९ भन्दा ल्याटिन अमेरिकी र क्यारेबियन मुलुकमा ३७ प्रतिशत, अफ्रिकामा १८ प्रतिशत र एसियाका विकासशील मुलुकमा ४ प्रतिशतले एफडिआई घटेको रिपोर्टमा उल्लेख छ।रिपोर्टमा पूर्वी एसियाली मुलुकमा सन् २०२० को एक तिहाइ वैदेशिक लगानी गएको र विकसित देशमा अघिल्लो वर्षभन्दा ६९ प्रतिशतले घटेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं। प्रतिनिधिसभा पुन:स्थापना भएसँगै संसदीय सुनुवाइ छलेर संवैधानिक निकायमा गरिएका नियुक्ति बदर हुन्छन् या हुन्नन भन्ने कुराकाे चर्चा हुन थालेकाे…

काठमाडौं । बुधबार जनतासमाचार डट्कम मा प्रधानमन्त्री ओली राजनीनामा गर्नुपर्छ : देउवा, फागुन १६ गते नेपालकै ठूलो औद्योगिक पार्कको शिलान्यास…

हाल देशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागहरूमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

अनावस्यक धनको नोक्सानी हुनेछ । यात्रामा खर्च बढ्नेछ । कार्य अधुरो हुनेछ ।

सभापति देउवाले नेपालमा न्याय र प्रजातन्त्रको जित भएको बताउनुभयो ।

'नेपालको संविधानले संविधानको अन्तिम व्याख्याताको रुपमा सर्वोच्च अदालतलाई स्थापित गरेको छ । संवैधानिक इजलासबाट गरिएको फैसलालाई हामीले कार्यान्वयन गर्ने निर्णय…