Logo फाल्गुन १३, २०७७ बिहीबार


काभ्रेमा पहिलाे चरणका लागि तीन हजार काेराेना खाेप आवश्यक

काभ्रेपलाञ्चाेक । पहिलो चरणकाे खाेपका लागि जिल्लामा तीन हजार ५ सय ८१ कोरोना भ्याक्सिन (कोभिसिल्ड) आवश्यक पर्ने भएको छ । सरकारी रणनीतिअनुसार पहिलो चरणमा कोरोना संक्रमणविरुद्ध अग्रभागमा रहेर काम गर्ने विभिन्न क्षेत्रका व्यक्तिलाई खोप दिन आवश्यक रहेको जिल्लास्थित कोभिड–१९ रोकथाम तथा नियन्त्रण, कमाण्ड पोष्टले जनाएको हो ।

पोष्टले अग्रभागमा काम गर्ने ७ सय ४९ सरकारी स्वास्थ्यकर्मी, १ हजार ३ सय ६८ निजी स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी, ९ सय ५५ महिला स्वास्थ्य स्वयंसेविका, स्थानीय तहको सरसफाइ क्षेत्रमा कार्यरत १ सय ११, निजी क्षेत्रका स्वास्थ्य संस्थाका सरसफाइमा कार्यरत २ सय २८ लाई पहिलो चरणको कोरोना सुई लगाइने जनाएको हो । यसैगरी कोरोना संक्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापनमा खटेका १ सय २६ सुरक्षाकर्मी तथा अस्पतालका सुरक्षा गार्ड र ४४ एम्बुलेन्स चालकलाई खोप लगाउने तयारी भइरहेको पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले जानकारी दिनुभयो ।

यही माघ १४ गतेदेखि नमोबुद्ध नगरपालिकास्थित प्रादेशिक मेथिनकोट अस्पताल र धुलिखेल अस्पतालबाट खाेप सेवा उपलब्ध हुने तयारी भइरहेको छ । कोरोनाविरुद्ध अग्रभागमा काम गर्ने पहिचान गरिएका व्यक्तिलाई पहिलो चरणअन्तर्गत खोप दिइन लागेको हो ।

‘भ्याक्सिन अघिल्लो दिन सम्बधित अस्पताल आइपुग्ने तयारी भइरहेको छ, दुई अस्पतालबाट स्थानीत तह/भेग र सेवाक्षेत्र अनुसार भ्याक्सिन सेवा उपलब्ध गराउने तयारी गरेका छौँ’, डा झाले भन्नुभयो । उहाँका अनुसार भ्याक्सिनपछि केहीको स्वास्थ्यमा नकारात्मक देखिनसक्ने भएकाले दुई अस्पतालमा नै ‘आकस्मिक बेड’ तयारी अवस्थामा राखिनेछ । पहिलो चरणमा पनि एक व्यक्तिलाई दुई पटकअर्थात् दुई साताकाे फरकमा अर्को खोप लगाइनेछ । भारत सरकारले गत साता नेपाल सरकारलाई ‘कोभिसिल्ड’ नामक कोरोनाविरुद्धको भ्याक्सिन उपलब्ध गराएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं। प्रतिनिधिसभा पुन:स्थापना भएसँगै संसदीय सुनुवाइ छलेर संवैधानिक निकायमा गरिएका नियुक्ति बदर हुन्छन् या हुन्नन भन्ने कुराकाे चर्चा हुन थालेकाे…

काठमाडौं । बुधबार जनतासमाचार डट्कम मा प्रधानमन्त्री ओली राजनीनामा गर्नुपर्छ : देउवा, फागुन १६ गते नेपालकै ठूलो औद्योगिक पार्कको शिलान्यास…

हाल देशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागहरूमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

अनावस्यक धनको नोक्सानी हुनेछ । यात्रामा खर्च बढ्नेछ । कार्य अधुरो हुनेछ ।

सभापति देउवाले नेपालमा न्याय र प्रजातन्त्रको जित भएको बताउनुभयो ।

'नेपालको संविधानले संविधानको अन्तिम व्याख्याताको रुपमा सर्वोच्च अदालतलाई स्थापित गरेको छ । संवैधानिक इजलासबाट गरिएको फैसलालाई हामीले कार्यान्वयन गर्ने निर्णय…