Logo फाल्गुन १८, २०७७ मंगलबार


प्रतिनिधि सभा विघटनविरूद्ध नेकपाद्वारा तेस्रो चरणको आन्दोलन सार्वजनिक, २८ गते वृहत प्रदर्शन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको दाहाल–नेपाल समुहले प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलनका थप कार्यक्रम घोषणा गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज पत्रकार सम्मेलनको आयोजना गरी नेकपा दाहाल–नेपाल समूहले देशका विभिन्न ठाउँमा सभा र विरोधका कार्यक्रम गर्ने घोषणा गरेको हो । जसअन्तर्गत माघ १३ गते काठमाडौंमा सिट्ठी जुलुस तथा १४ देखि २१ गतेसम्म माइतीघर मण्डलामा संविधान सभा सदस्य, सांसद र प्रदेश सभा सदस्यको धर्ना लगायत कार्यक्रम तय भएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

-माघ १३ गते काठमाडौंमा सिट्ठी जुलुस

-४ देखि २१ गतेसम्म माइतीघर मण्डलामा संविधानसभा सदस्य, सांसद र प्रदेश सभा सदस्यको धर्ना 

– माघ १५ गते बुटवलमा, १६ गते विराटनगरमा विरोध सभा

-माघ २८ गते काठमाडौंमा विरोध जुलुस र सभा 

पत्रकार सम्मेलनमा स्थायी कमिटी सदस्य पम्फा भुसालले माघ १५ गते बुटवलमा, १६ गते विराटनगरमा सभाको आयोजना गरिएको जानकारी दिनुभयो । यस्तै माघ २८ गते काठमाडौंमा विरोध जुलुस र सभा आयोजना गरिएको उहाँले बताउनुभयो । माघ ९ गते काठमाडौंमा विरोध सभा गरी यसअघिका आन्दोलनका कार्यक्रम समापन भएको थियो ।

पुस ५ गते प्रतिनिधि सभा विघटन भएपछि नेकपा विभाजन भएको थियो । निर्वाचन आयोगले भने नेकपा विवादलाई वैधानिकता दिन अस्वीकार गरेको छ । आयोगको निर्णयबारे औपचारिक पत्र आएपछि प्रतिक्रिया जनाउने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

पहिलो खोप लगाएपछि गम्भीर प्रकारका असर देखा परेका व्यक्ति र गर्भवती महिलालाई पनि कोभिड विरुद्धको खोप नदिइने उहाँले जानकारी दिनुभयो…

संसद बैठकका एजेण्डाहरुको सम्बन्धमा सम्बद्ध सबै पक्षसँग तालिकाबद्ध रुपमा विचार, विमर्श र परामर्श गर्ने स्पष्ट पार्नुभयो ।

मन्त्री आलेले वैज्ञानिक वन कार्यक्रम खारेजका लागि वन मन्त्रालयका सबै कर्मचारीहरुको सहयोग र साथ पाएको भन्दै मन्त्रालयका कर्मचारीहरुको प्रशंसा पनि…

नरेश न्यौपाने/टिप्पणी काठमाडौं । हुन त राजनीतिलाई विचित्रको खेल त्यसै कहाँ भनिएको हो र ? बेला बेला राजनीतिकर्मीहरुले गर्ने व्यक्तिगत…

हाल प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही अन्य पहाडी भूभागहरुमा आंशिक बदली रहेको महाशाखाको भनाइ छ।

खानपिनमा खर्च हुनेछ। पूरानो धन जम्मा हुनेछ। बाेलीले साथ दिनेछ।