Logo फाल्गुन १३, २०७७ बिहीबार


निर्वाचन आयोगले समयमै उचित निर्णय गरेन : श्रेष्ठ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको आधिकारिकताबारे निर्वाचन आयोगले ढिलाइ गरेको बताउनुभएको छ । प्रवक्ता श्रेष्ठले निर्वाचन आयोगले समयमै उचित निर्णय नगरी ढिलाई गरेर आशंका पैदा नगर्न आग्रह गर्नुभएको हो ।

सोमवार पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै श्रेष्ठले निर्वाचन आयोगको औपचारिक जानकारी आएपछि पार्टीले औपचारिक निर्णय गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘आयोगको निर्णयको आधिकारिक जानकारी भएपछि पार्टीले औपचारिक निर्णय गर्छ, हामी पत्रको प्रतिक्षामा छौं ।’

‘प्रारम्भमै आयोगले सही ढंगले निर्णय किन दिएन भन्ने हामीलाई लागेको छ । त्यसकारणले निर्वाचन आयोगले ढिलाई गर्नुपर्ने देखिँदैन’, श्रेष्ठले भन्नुभयो, ’द्विविधाजनक स्थितिमा आफूलाई राखिरहनु पर्दैन। त्यसकारण आशंकाको स्थिति पैदा गर्नुहुँदैन भन्ने हाम्रो धारणा हो ।’

प्रवक्ता श्रेष्ठले समयमै सर्वाेच्च अदालतले सही निर्णय दिने कुरामा विश्वा व्यक्त गर्नुभयाे ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं। प्रतिनिधिसभा पुन:स्थापना भएसँगै संसदीय सुनुवाइ छलेर संवैधानिक निकायमा गरिएका नियुक्ति बदर हुन्छन् या हुन्नन भन्ने कुराकाे चर्चा हुन थालेकाे…

काठमाडौं । बुधबार जनतासमाचार डट्कम मा प्रधानमन्त्री ओली राजनीनामा गर्नुपर्छ : देउवा, फागुन १६ गते नेपालकै ठूलो औद्योगिक पार्कको शिलान्यास…

हाल देशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागहरूमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

अनावस्यक धनको नोक्सानी हुनेछ । यात्रामा खर्च बढ्नेछ । कार्य अधुरो हुनेछ ।

सभापति देउवाले नेपालमा न्याय र प्रजातन्त्रको जित भएको बताउनुभयो ।

'नेपालको संविधानले संविधानको अन्तिम व्याख्याताको रुपमा सर्वोच्च अदालतलाई स्थापित गरेको छ । संवैधानिक इजलासबाट गरिएको फैसलालाई हामीले कार्यान्वयन गर्ने निर्णय…