Logo फाल्गुन १८, २०७७ मंगलबार


रहेनन् ‘यो दाजुको मिर्मिरे आँखा’ का गायक तथा संकलक

कास्की । ‘यो दाजुको मिर्मिरे आँखा, कस्तो मेरो बिगार्यो दिमाग नरोउ मायालु…लगायतका दर्जनौं लोकगीतका सर्जक अग्रज कलाकार, सारंगीवादक धनबहादुर गन्धर्वको निधन भएको छ ।

गन्धर्वको पोखराको मनिपाल अस्पतालको आइसीयुमा उपचारको क्रममा निधन भएको हो ।

कास्कीको बाटुलेचौरमा जन्मेका गन्धर्व पछिल्लो समय नयाँ पुस्तालाई सारङगी संगीतको ज्ञान हस्तान्तरण अभियानमा सक्रियताका साथ लागिपरेका थिए । त्यसका लागि उनले पोखरामै राष्ट्रिय लोकबाजा सारङ्गी संरक्षण पाठशाला प्रतिष्ठानको स्थापना गरेका थिए ।

प्रतिष्ठानको उनी अध्यक्ष तथा सङ्गीत शिक्षक समेत थिए । पाठशालामा उनले गन्धर्वका सन्तति र अन्यलाई निःशुल्क सङ्गीत सिकाउदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष

नरेश न्यौपाने/टिप्पणी काठमाडौं । हुन त राजनीतिलाई विचित्रको खेल त्यसै कहाँ भनिएको हो र ? बेला बेला राजनीतिकर्मीहरुले गर्ने व्यक्तिगत…

हाल प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही अन्य पहाडी भूभागहरुमा आंशिक बदली रहेको महाशाखाको भनाइ छ।

खानपिनमा खर्च हुनेछ। पूरानो धन जम्मा हुनेछ। बाेलीले साथ दिनेछ।

मन्त्री गुरुङले प्रधानमन्त्री ओली नैतिकताको हिसाबले पनि राजीनामा गरेर भाग्न नपाउने तर्क गर्नुभयो ।

मन्त्रिपरिषदले गरेको सिफारिस अनुसार राष्ट्रपति भण्डारीले २३ गते आइतबार ४ बजेका लागि प्रतिनिधिसभाको बैठक आह्वान गर्नुभएको छ ।

आफू हरेक परिस्थितिको सामना गर्न पूर्ण रुपमा तयार रहेको तथा आफ्नो स्वभाव, आचरण पूर्ण लोकतान्त्रिक भएको उहाँकाे दाबी छ।