Logo फाल्गुन १३, २०७७ बिहीबार


प्रतिगमनकाे विरोधमा उत्रिएका कृष्ण पहाडीसहित २ दर्जन पक्राउ

काठमाडौं । प्रतिनिधि सभा विघटनको विरोधमा उत्रिएका मानव अधिकार तथा शान्ति समाजका सभापति कृष्ण पहाडीसहित दुई दर्जन मानिस पक्राउ परेका छन् । प्रधानमन्त्री निवास बालुवाटार आगाडि सोमबार प्रदर्शनमा उत्रिएका दुई दर्जन प्रदर्शनकारी पक्राउ परेका हुन् ।

उनीहरुलाई नेपाल पुलिस क्लबमा राखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कदम चाली प्रतिनिधिसभा विघटन गरेको, राज्य संयन्त्रको दुरुपयोग गरेको तथा प्रधानमन्त्री तथा मन्त्रीहरुले आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै समाजले बालुवाटार अगाडि प्रदर्शनमा गरेको थियो ।

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरी आगामी वैशाखमा मध्यावधि निर्वाचनको घोषणा गर्नुभएको थियो । प्रधानमन्त्री र राष्ट्रपतिकाे उक्त कदमलाई मानव अधिकार समाजलगायत अन्य विभिन्न राजनीतिक दलले समेत विरोध गर्दै आएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

पूर्व उपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संविधान निर्माणमा समान रुपले सम्बोधन नभएको बताउनुभएको छ ।

पर्यटकीय सम्पदा वस्ती वुङमतीलाई साइकल रुट बनाउने, वुङमतीको काष्ठकला र हस्तकलालाई विश्वव्यापीरुपमा चिनाउन र सम्पदा बस्ती संरक्षणमा स्थानीय सरकारसँगै परियोजना…

अन्तराष्ट्रिय क्षेत्रमा नेपालीहरुको पहिचान निर्माण गर्ने उल्लेखनीय काम गरेको भन्दै वरिष्ठ छातीरोग विशेषज्ञ डा. गौरी शंकर लाल दासलाई प्रदान गरिएको…

उहाँहरुकै कार्यकुशलताका कारण प्रहरीले सो घटनाको अनुसन्धानमा सफलता पाएको डिआइजी सुवेदीले बताउनुभयो ।

समिति सभापति तारादेवी भट्टले डाँडा कटान भएको प्रगति विवरण समितिमा पेस गर्न मन्त्रालयलाई निर्देशन दिनुभएको छ ।

राम सिटौलाको संगीत तथा अरुणदेव जोशीको निर्देशन रहेको म्युजिक भिडियोको छायांकन नारायण जीसीले गरेका हुन् ।