मृत्युको एक घण्टासम्म हुने ७ गतिविधि

काठमाडौं । संसारमा सबैभन्दा ठूलो सत्य भनेकाे मृत्यु हो । जन्मपछि मृत्यु निश्चित छ । तर मृत्युपछि मानिसको भौतिक शरीर नष्ट भएर गएपनि आत्मा भने नमर्ने मानिन्छ । मृतकको आत्मा रुपान्तरण हुने विश्वास गरिन्छ । मृत्युको केही समयसम्म आत्माले निकै दुखकष्ट भोग्नुपर्छ । केही समयसम्म आत्मालाई शरीरबाहिर रहन मुस्किल पनि हुन्छ ।
जानिराखौँ, मृत्युको एक घण्टासम्म के के हुन्छ ?
–अचेत अवस्था
आत्मा शरीरबाट निस्किएको केही समयसम्म अचेत अवस्थामा रहन्छ । आत्मा यस्तो अवस्थामा पुग्छ कि मानिस निकै थाकेको समयमा हुने गहिरो निन्द्रामा भएझैँ हुन्छ । तर केही समयपछि नै आत्मा अचेत अवस्थाबाट ब्युँझिएर उठ्छ ।
–समान व्यवहार
जुन व्यक्तिको शरीरबाट आत्मा निस्किएको छ, त्यो आत्मालाई केही समयसम्म आफू शरीरभन्दा अलग रहेको थाहा हुँदैन । उ आफू शरीरमा हुँदा जुन किसिमको व्यवहार गर्थ्यो त्यस बेला पनि त्यस्तै व्यवहार गरिरहेको हुन्छ ।
–बेचैनी र छट्पटि
आत्माले जब आफू शरीरबाट अलग भएको थाहा पाउँछ त्यसपछि आफ्ना मान्छेहरुलाई बोलाउन थाल्छ । तर उनको कुरा कसैले थाहा पाउँदैन । यसले गर्दा आत्मा छट्पटिन थाल्छ । उसले अरुलाई बोलाउँछ तर उसको आवाज आफैँभित्र मात्र घन्किएको महसुस गर्छ । उसको आवाज अर्थात आत्मा स्वयम नै अभौतिक भइसकेको हुन्छ त्यसले उसलाई कसैले देख्न, छुन र आवाज सुन्न पनि सक्दैन ।
–सञ्चार हुँदैन
वर्षौँसम्म आफ्ना, आफन्तसँग रमाउँदै बाँचेको मान्छेको आत्मा आफ्नै मृत शरीरलाई देखेर दुखि हुन्छ । उसले आफ्नै शरीर र आफ्ना मानिसलाई बोलाउने, कुरा गर्ने प्रयास गर्छ तर सक्दैन ।
–शरीरमा प्रवेश गर्ने प्रयास
आत्मा फेरि आफ्नो मृत शरीमा प्रवेश गर्न खोज्छ । तर यमको दूतले उसलाई शरीरमा प्रवेश गर्न दिँदैन । विस्तारै आत्माले आफू जाने समय भएको महसुस गर्न थाल्छ । मायामोह कमजोर बन्दै जान्छ । उसले आफूले यो लोक छोड्नु पर्ने कुरा स्वीकार गर्छ ।
–दुख
आफू मर्दा आफ्ना मान्छेहरु रोएको देखेर आत्मा पनि रुन्छ तर उ रोएको कसैले देख्दैन । विस्तारै उसले आफूले विताएको जिवन सम्झिएर दुखि हुन्छ । अन्त्यमा यमको दूत आएर उसलाई जाने समय भएको बताउँदै लिएर जान्छ ।
–कर्ममा आधारित नयाँ जन्म
केही समयमै आत्मा धर्तीलोक पार गरेर अर्को लोकमा पुग्छ । त्यहाँ सूर्यको किरण र चन्द्रको चमक हुँदैन । त्यो लोकमा जतातजै अँध्यारो मात्र हुन्छ । यहाँ आत्मा आफ्नो कर्मअनुसार केही समय आराम गर्न पाउँछ । केही आत्मा तुरुन्तै अर्को शरीरमा प्रवेश गर्छन् भने केही आत्मा लामो समयको आरामपछि मात्र आफ्नो इच्छा अनुसारको शरीरमा प्रवेश गर्छन् ।
तर यस्ता दाबीहरूलाई विज्ञानले भने स्वीकार गरेकाे छैन ।