पछिल्लो २४ घण्टामा ३३९ जनामा कोरोना, ४०१ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप तीन सय ३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा चार हजार आठ सय ५८ जनाको पीसीआर परीक्षण गरिएकोमा तीन सय ३९ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या दुई लाख ६९ हजार सात ८९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज देशभर तीन हजार दुई सय ४० जना सक्रिय संक्रमित छन् ।
पछिल्लो २४ घण्टामा चार सय एक जना कोरोनाका बिरामी निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या दुई लाख ६४ हजार पाँच सय ३८ पुगेको मन्त्रालयले जनाएको छ ।
आज कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या दुई हजार ११ पुगेको मन्त्रालयले जनाएको छ ।