ट्रिपर र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु

महोत्तरी । औरही नगरपालिकामा ट्रिपर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । औरही–४ कठुधार चोकमा ना.८ ख ९८० नम्बरको ट्रिपरले ज.६ प १४०९ नम्बरको मोटरसाइकललाई सोमबार बिहान ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा मोटरसाइकल चालक वलवा नगरपालिका–९ बस्ने १९ वर्षीय प्रमोद राम चमार र मोटरसाइकलमा सवार औरही नगरपालिका–४ बस्ने १५ वर्षीय गुड्डु नदाफ रहेका छन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।